लोकतान्त्रिकद्वारा पदक विजेता विमला सम्मानित

bimala
नेपाल लोकतान्त्रिक खेलकुद संघ, काठमाडौं क्षेत्र नं. १ ले दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदअन्तर्गत करातेमा कांस्य जितेकी विमला तामाङलाई सोमबार नगदसहित सम्मान गरेको छ ।    बानेश्वरको आनन्द इभेन्ट एन्ड मिटिङ प्रा.लि. मा भएको कार्यक्रममा उप्रधान, स्थानिय विकास एवं संघीय मामिला मन्त्री प्रकाशमान सिंहले विमलालाई नगद ५ लाखसहित कदरपत्र प्रदान गरी सम्मान गरे ।
पदक जितेवापत विमलाले पाएको यो दोश्रो ठूलो पुरस्कार राशी हो । गत असोजमा विमलालाई नेपाल सरकारले नगद १० लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो ।
१७ औं एसियाली खेलकुदको करातेतर्फ एकल कातामा विमलाले कांस्य पदक जतेकी थिइन् । उपप्रधान मन्त्री सिंहले विमलालाई आफूले दोश्रो पटक सम्मान गर्न पाएकोमा गौरव लागेको बताउदै विमलालाई अगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।
‘मैले खेलाडी विमलालाई सम्मान गर्न पाएको यो दोश्रो अवसर हो । यो दोश्रो अवसर मेरा लागि अझ विशेष छ । आफ्नै निर्वाचन क्षेत्रको लोकतान्त्रिक खेलकुद संघले सम्मान गरेकाले पनि मलाइ गर्व लागेको छ ।’– उनले भने ।
सम्मानित भएपछि विमलाले आफ्नो देशका लागि पदक जितेर विश्व सामु नेपाललाई चिनाउदा पाउदा खुशी लागेको बताउदै सम्मान गर्ने संस्थालाई धन्यवाद दिइन् । विमलाले सम्मानले अझ जिम्मेवारी थपिदिएको बताउदै आगामी एसियाली खेलकुदमा स्वर्णलाई लक्ष्यमा राखी अगाडि बढ्ने बताइन् । उनले बालाजु कराते एकेडेमी, प्रशिषक ध्रुब विक्रम मल्ल, नेपाल ओलम्पिक कमिटी र नेपाल कराते महासंघ सबैको प्रयासका कारण सहभागिता र सफलता सम्भब भएको बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखेले राष्ट्रिइ खेलकुद परिषद् नै समस्याको कारब भएको बताए । नेपाल सितेरियो कराते संघका अध्यक्ष केदार बाबु सिबाकोटीले तीन बर्ष अघि खेलकुदमा भाइरस छिरेको र यसले कराते, तेक्वान्दो, उसु र बक्सी.गलाई तहस नहस पानृ लागीपरेको आरोप लगाए । नेपालेनेपाल लोकतान्त्रिक खेलकुद संघ, काठमाडौं क्षेत्र नं. १ का संयोजक निरज कार्कीले सम्मान कार्यक्रमका लागि सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।

Comment