सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगितामा अरण्यज्योति क्रिकेट क्लब विजयी

पोखरा
विधान श्रेष्ठको अलराउण्डर प्रदर्शनमा सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन अरण्यज्योति क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको छ । कप्तान विधान श्रेष्ठले पहिले व्याटिङ रोज्दै क्रिजमा उत्रिदाँ अरण्यज्योतिले १ सय ९८ रनको लक्ष्य बनाउँदा उनी अर्धशतक पुरा गर्न तीन रनले चुक्न पुगे । ५० बल खेलेर अरण्यज्योतिलाई उकास्न महत्वपूर्ण योगदान दिएका उनले चार चौका र एक छक्का हिर्काउँदै ४७ रनको पारी खेले । उनीसँगै भीम पुनले पनि ८० बलको सामना गर्दै ४४ रन बनाए । उनको इनिङमा छ चौका सामेल रह्यो । बलिङ तर्फ भने रविन पाण्डेले २० रन खर्चिएर दुई विकेट लिए।
एकसय ९९ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब २६ ओभर तीन बलमा एकसय ३१ रनमा अलआउट हुन पुग्यो । अरण्यज्योतिका कप्तान एवं म्यान अफ दि म्याच विधानले १७ रन दिएर महत्वपूर्ण चार विकेट लिदाँ सांग्रिला सस्तैमा समेटन बाध्य बन्यो । सुदिप पौडेलले ३६ बलमा ३७ रन बनाँउदै उत्कृष्ठ व्याटिङको संकेत गरे । उनीसँगै रवि बरेलीले पनि १५ बलमा १५ रन बनाई पवेलियन फर्किएपछि सांग्रिलाका अन्य व्याट्सम्यानको व्याटबाट खासै रन निस्किएन । ईसान बानियाँले ३७ रन दिएर ३ विकेट लिए भने दिलिप श्रेष्ठले ३४ रनमा दुईविकटे लिए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा सेलो तेलको मुख्य प्रायोजनमा सञ्चालित क्लबस्तरीय क्रिकेट प्रतियोगिताको तेस्रो दिन सोमबार सांग्रिला क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसित प्रतिस्पर्धा गर्ने छ ।

Comment