अध्यक्ष थापालाई मातृशोक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका अध्यक्ष रञ्जन थापालाई मातृशोक परेको छ । थापाकी आमा भगवतीको ६६ वर्षको उमेरमा मोरङको हसन्दहस्थित आफ्नै निवासमा शनिबार निधन भएको राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले जनाएका छन् ।
स्व. भगवती विगत ४–५ वर्षदेखि पार्किन्सनबाट पीडित थिइन् । उनको शनिबारै चतरामा अन्त्येष्टि गरिएको छ । स्व. भगवतीका पति, ४ छोरा र ५ छोरी छन् ।
राखेप कर्मचारी संघले भगवतीको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

Comment