मकाउमा रहेका तेक्वान्दोकर्मीका सहयोगी हातहरु

जात ,धार्मीक सम्प्रदाय , राजनितीक बाद र भुगोल यी सबैले मान्छेबीचको सम्बन्ध र दुरीलाई बढाउने काम गर्‍यो । यो सबै कुराले विभाजित मान्छे विचको सम्बन्धुको सतेुलाई अन्तत: जोड्ने काम खेलकुदल नै गर्‍यो । यसै क्षेत्रले मान्छेलाइ नजीक लयाउने काम पनि गर्‍यो । अझ भौगोलीक दुरीलाई नजीक ल्याउने काम त खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण रह्यो ।
कुनै समय नेपाली तेक्वान्दो स्वर्णीम थियो । नेपालको साख राख्ने खेल । नेपालीको नाम गर्वीलो बनाउने यो खेलको सधै चर्चा हुने गर्छ । सायद निश्पक्ष रुपमा नेपाली खेलकुद इतीहास लेखियो यसै खेलको विगतले धेरै पाना ओगट्ने छन् । यसै खेलको एउटा स्वर्णीम पुस्ता जसमा थिए संगीना बैद्य र सबिता रजभण्डारी । यसै पुस्ताका अन्य खेलाडी थिए किशोर श्रेष्ठ, असोक लामा ् आलोक राना पनि । साच्चै भन्नु पर्दा नेपाली तेक्वान्दोको ‘ गोल्डेन ब्याच’ थीयो त्यो ।
त्यो ब्याचमा रहेर तेक्वजान्दो खेल्नु नै पनि महत्वपूर्ण हो । यसै ब्याचमा एउटा ब्यक्तित्व राजु नगरकोटी अन्तराष्ट्रिय पदक पाउरु नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल नाम त होइन , तर नेपाली तेक्वान्दोलाई सधै सहयोग गर्न तत्प।र हात हुन् । उनलाई नजीकबाट चिन्ने नेपाली खेलकुदकी शिर्ष ब्यक्तित्व संगीना बैद्य भन्छिन् ‘ राजु एउटा खेलाडी हो । त्यो भन्दा बढी असल ब्यक्ति हो । ’
नुवाकोटका राजु नेपाली तेक्वान्दोलाई माथिल्लो उचाइमा पुर्‍याउने जिल्ला नुवाकोटका राजु १२ बर्ष अघि मकाउमा पुगेका थिए । ओलम्पियन मान बहादुर तामाङ देखि रमेस श्रेष्ठ र शंकर तामाङ नुवाकोटले जन्मायो । त्यो नुवाकोट र त्यो गर्वीलो ब्याचसंगको अनुभबले उनमा केह िगर्ने जागर चल्यो नेपाली तेक्वान्दो विकासमा लागी । विदेशरमा रहेरनेपाली तेक्वान्दोका लागि सपर्मीत हुने जागर चलाउदै उनी सहित एउटा समुह भयो ‘ मकाउ तेक्वान्दो ग्रुप ’ को नाममा । गेट टेगेदर, नेपालीलाइ सहयोग गर्ने उनीहरुको समुहले तेक्वान्दो डेमो नगिर्ने गरेको छ ।

anchor 2
त्यसै ग्रुुपको गतीबीधीमा सुदर्शन थापा मगर, प्रेम भुजेल र अर्जुन अधीकारीको पसिक्रिय सहभागिता रह्यो । त्यसो त ७० मकाउमा रहेका ७० जना नेपाली तेक्वान्दो खेलाडीको नेपालमा तेक्वान्दोको विकासमा उत्तिकै सद्भाव रहने गरेको छ । त्यसै समुहले गत साता काठमाडौमा नेपाल प्यारा तेक्वान्दो कमिटीलाई सामान हस्तान्तरण गर्‍यो । युथ ओलम्पिक क्वालीफाइङ खेल्न जान आटेको टोलीलाई पनि उनले १० हजार रुपिया प्रदान गरिसकेका छन् । मकाउको यो अभियानको योअ भियान गरीबी र द्वन्द पिडितको सहयोगका लागि पपनि समर्पीत रहेको छ । युथ ओलम्पिकको तयारीमा रहेको नेपाली टोलीका लागि पनि उनीहरुले सामग्री वितरण गरेका छन् ।
अहिले मकाउमा हीरोसीमामा रहेको एसियाडमा काश्य पदक जितेका मान बहादुर शाही सहित बिर बहादुर राना र दिपक कार्की लगातय ठूलो समुह सधै नेपाली तेक्वान्दो र नेपाली समाजका कुनै नि गतीबीधीमा सहयोग गर्न तत्पर रहेको उनी बताउछन् । नुवाकोटका भिम बहादुर नगरकोटी र मिभ माया नगरकोटीको चार सन्तान मध्यका राजु जेठा हुन् । सामानय किसान परिवारमा हुर्केका कारण उनलाई नेपाली समाज र याहाको वातावरण थाहा छ । यसै कारण नै उनी सधै सहयोग गर्न तत्पर रहन्छन् ।

Comment