सुसिला र रोदन बेस्ट प्लेयर

niwase
प्रथम गोदावरी खुल्ला तथा दोस्रो एनएसकेएफ राष्ट्रि कराते च्याम्पियनसिपको उपाधि आइतबार जेकेएफ गोजूरियोले जितेको छ । जेकेएफ गोजुरियोले ८ स्वर्ण,५ रजत र ८ कास्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचालेका हो । आयोजक गोदावरी डोजोले कुल ६ स्वर्ण , समान ४ रजत र कास्य पदक जित्दै उपविजेतामा चिक्त बुझायो । प्रतियोगितामा पुरुषतर्फ १८ वर्ष मुनिका स्वर्ण पदक विजेता रोदन राना मगर र ५० केजीकी स्वर्ण पदक विजेता आयोजक गोदावरीकी सुसिला घलान बेस्ट प्लेयरमा चूनिए ।
पुरुषको २० केजी तौलमा गोदावरीका रोशन तामाङले आफ्नै केन्द्रका आयुष तामाङलाई ,२५ केजी तैलमा गोदावरीका दिपक मगरले रिजन तामाङलाई,३० केजी तौलमा क्वानमुकान करातेका सुजल अधिकारीले जेकेएफ गोजुकाईका दिपक खड्कालाई र ३५ केजी तौलमा जेकेएफ गोजुकाईका प्रसुन्न पौडेलले सोतोकानका फु दोर्जे तामाङलाई हराउदै स्वर्ण जिते । त्यस्तै पुरुषकै ४० केजी तौलमा जेकेएफ गोजुकाई मिलन तामाङले आइडब्लुका चन्द्र भुजेललाई,४५ केजीमा जेकेएफका सुनिल राईले गोजुरीयोका नविन थानीलाई,५० केजीमा क्वानमुकानका मनिष लामाले आयोजक गोदावरीका सुरज तामाङलाई,५५ केजीमा जेकेएफ गोजुकाईका दल बहादुर तामाङले गोदावरीका शुभ सिलवाललाई र ६० केजीमा गोजुरियोका थमस तामाङले एनएसकेएफका रोजन राना मगरलाई हराउदै स्वर्ण जिते ।
महिलातर्फ ३० केजी तौल समुहमा जेकेएफ गोजुकाईकी विन्दा श्रेष्ठले आफ्नै डोजोकी सिल्वा श्रेष्ठलाई ,३५ केजीमा जेकेएफकी मनिता महर्जनले सुस्मीता डगोंललाई,४० केजीमा जेकेएफकी सुर्णिमा राना मगरले गोदावरीकी नानु तामाङलाई र ४५ केजीमा गोदावरीकी वीपीसा लामाले विपीका पुरीलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । प्रतियोगिताको विजेता खेलाडी राष्ट्रिय खेकलुल परिषद्(राखे)का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कृत गरे । गोदावरी मार्शल आर्ट सेन्टरको आयोजनामा भएको प्रतियोगिताको यसअघि युवा तथा खेलकुद मन्त्रि सत्य नारायण मण्डलले गरेका थिए ।

Comment