२५ खेलका उत्कृष्ट खेलाडी सम्मानीत राजुकाशी आदर्श खेल व्यक्तित्वबाट सम्मानीत

best player 3eराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी राजुकाजी शाक्यलाई २५ हजार रुपैया पुरस्कार सहित सम्मान गरेको छ । नगद पुरस्कार गजराज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष राम जोशीले प्रायोजन गरेका थिए । खेलाडी तथा आदर्श व्यक्तित्वलाई नेपाल मंजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजेच्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालगायतले पुरस्कार तथा अवार्ड प्रदान गरेका थिए । सो अवसरमा भक्तपुर नगरपालीका स्थानिय सास्कृतिक नाचहरु प्रस्तुत गरेको थियो भने हास्यकलाकालर विल्सन विक्रम राईले पदर्शन गरेका थिए ।deepal sende
बर्ष खेलाडीबाट सम्मानीत हुनेमा आर्चरीका जितबहादुर मुताङ, एथलेटिस्कका ज्योतीचन्द्र पार्खीङ, ब्याडमिन्टनकी नङशल तामाङ्ग रहे । त्यसैगरि बास्केटबलबाट स्नेहा श्रेष्ठ, बक्सिङ्गमा पूर्ण राई, क्रिकेटमा राजु रिजाल, साइकिलिङमा अजय पन्डित श्रेत्री बर्ष खेलाडी चुनिए ।
फेन्सिङमा रामबहादुर शाही, फुटबलमा नवयुग श्रेष्ठ, जिमन्यास्टिकका ऋषिका श्रेष्ठ, जुडोमा रमेश मगर, करोतकी विमला तामाङ, लनटेनिसका संरक्षक भुषण बजार्चार्य उत्कृष्ट बर्ष खेलाडी चुनिए । त्यसैगरि राफ्टिङ एन्ड क्यानोइङतर्फ नेपबहादुर मगर, टेबलटेनिसतकी दिप साउन, तेक्वान्दोकी निशा रावल, सेपाताक्रोका अनिल गुरुङ बर्ष खेलाडीबाट पुरस्कृत भए । ट्रायथलनका रुद्र कटवाल, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, सफ्ट टेनिसक प्रदिप खत्री, पौडीका शिरिष गुरुङ, भारत्तोलनकी तारादेवी पुन उत्कृष्ट बर्ष खेलाडी घोषित भए । कुस्तीका सरोज यादव, उसुकी झराना गुरुङ, गल्फका टक बहादुर कार्की उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानीत भएको कार्यक्रमका संयोजक दीपक थापाले बताए । उत्कृष्ट बर्ष खेलाडी भएका खेलाडीहरुले जनही १० हजार रुपैया पुरस्कार समेत प्राप्त गरेका थिए ।
इन्चोन एसियाडमा गरेको पदर्शनका आधारमा उत्कृष्ट बर्ष खेलाडी चयन गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले बताए ।

Comment