खेल जीवनपछिको भिन्नाभिन्नै योजनामा खेल स्टारहरू

संगीना बैद्य नेपाली खेलकुदकी शिर्ष ब्यक्तित्व । कुनै समय नेपाललाई एसियन तेक्वान्दो च्याम्पियनसीपमा अस्वभाबिक सफलता दिलाएर राष्ट्रिय नायक बनेकी संगीना लामो समयसम्म नेपाली खेलकुदकी प्रभावकारी रोल मोडलको रुपमा रहिन् । तीनै संगीना सन् २००६ मा कोलम्बोमा भएको दसौ साग खेलमा अफगानी खेलाडीसंग सेमिफाइनलमा पराजित भइन । त्यो पराजयले नै नेपाली खेलकुदमा संगीना युगको औपचारिक अन्तय गराएको थियो । त्यसै प्रतियोगिता पछि उनले सन्याषको घोषणा गरेकी थिइन् । एसियाली च्याम्पियनसीपमा स्वर्ण पदक जित्ने हालसम्मकी एक्ली नेपाली खेलाडी संगीना हाल राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षक छिन् ।

sangina
ओलम्पिकमै प्रदर्शनी खेलमा पदक जितेका विधान लामा हाल अमेरिकामा रहेका छन् । नेपाली खेलकुदका शिर्ष पुरुषको खेलाडी जिवन पछिको भबीश्य भिन्न भिन्न रहेको छ । प्रायको प्रशिक्षकको रुपमा जागीर, एकाधको अन्य जागीर कोही खेतीपाती र ब्यबसाय । अनि कोही भने विदेश । सागमा स्वर्ण जितेका र एसियाडमा पदक जितेका स्टार अमेरिकामै रहेका छन् । यीसगै रहेका छन् पहिलो पुस्ताका स्टार बिधान ।
भिन्न स्टारका अहिलेको जिवन फरक छ । अनि भबीश्यको लक्ष्य पनि फरक । ‘ अबको जिवन भनेको राष्ट्रिय टोलीको तयारी गर्नकै लागि हो । सफल प्रशिक्षकको रुपमा पनि आफूलाई स्थापीत गराउने लक्ष्य लिएको छु ।’ राष्ट्रिय टोलीकै प्रशिक्षणमै ब्यस्त रहेकी संगीना भन्छिन् । खेलाडी जिवनमा प्राप्त गरेको उपलब्धीले प्रशिक्षक जिवनमा पनि सहयोग पुग्ने बिश्वास उनले लिएकी छिन् । ‘मैले खेलाडी हुदा गरेको अनुभबले प्रशिक्षक जिवनमा पनि राम्रो सहयोग गरिरहेको छ ।’ दुइ पटककी साग स्वर्ण पदकधारी संगीना भन्छिन् ।
उता विधान भने अमेरिकामै तेक्वान्दोमा समर्पीत हुन पाएकोमा मख्ख छन् । ‘नेपाली तेक्वान्दोका लागि पनि केही सकरात्मक कदम चाल्ने सोचाइमा रहेको छु ।’ बिधान भन्छन् ।
त्यसोत साग खेलमा सबैभन्दा धेरै पदक जितेका कराते खेलाडी कुशल श्रेष्ठको विचार भने फरक छ । राष्ट्रिय खेलकुद परिषद्मै प्रशिक्षकको रुपमा रहेका कुशलको भाबी लक्ष्य भने उत्कृष्ट र भिन्न स्वरुपको कराते एकडेमी चलाउने नै हो । ‘सायद पूव नेपाल र अझ धनकुटा नै उपयुक्त क्षेत्र हुन सक्छ ।’ आफ्नो जन्म थलोमै एकेडेमी चलाउने उद्धश्ेय बोकेका उनले भने । कुशलले पाकिस्तानमा सन् २००३ मा भएको नवौ साग खेलमा रजत पदक जितेका थिए भने कोलम्बोमा भएको १० औ साग खेलमा स्वर्ण पदक जितेका थिए । यसैगरी उनले ढाकाका सम्पन्न दसौ सागमा कुमुेते र काता दुवै स्पर्धामा काश्य पदक जितेका थिए । ‘नया सोच र योजनाका साथ परिस्कृत एकडेमी चलाउने सोचमा छु ।’ कुशल भन्छन् ।
नेपाली खेलकुदका शिर्ष खेलाडीमा कमै मात्र प्रसासनीक क्षेत्रमा देखिए । कुनै जमानाका चर्चीत फुटबल स्टार गणेश थापाको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको छ । ८० को दशकको राष्ट्रिय टोलीका प्रभावकारी रक्षक धिरेन्द्र प्रधान नै फुटबल संघका महासचिब रहेका छन् ९० को दशकको राष्ट्रिय खेलाडी बिराट जंग शाही नै एन्फाकाको कोशाध्यक्ष रहेका छन् । पूर्व राष्ट्रिय खेलाडी राजीव मर्हजन सहितको टोल िनेपाल िउसुमा प्रधभावकारप्ी मानीन्छ । त्यसो त खेलाडी जिवन पछि भिन्न खेलको प्रसासनमा संलग्न हुनेको संख्या पनि कम छैन । यसैगरी उसुका पूर्व खेलाडी सुनील शाक्य नेपाल कुङफु संघका अध्यक्ष छन् ।

bidhan lama
पूवी खेलाडीहरु प्रसासनमा प्रभाबकारी रहेको खेल फुटबल मात्र हो । खेलाडीबाट प्रशिक्षक मात्र होइन निर्णायक हुनेको संख्या पनि कम छैन । तर खेलाडी जिवनमा पहिलो ग्रेडको खेलाडी भएर त्यस पछि राम्रो निर्णायक हुनेको संख्या भने एकदमै कम रहेको छ । ८० को दशककै प्रभावकारी रक्षक श्रीराम रञ्जितकार खेलाडी जिवन पछि रफ्रि भएका थिए । पूर्व फिफा रेफ्रि श्रीराम नेपाली फुटबलका राम्रा ज्ञाताको रुपमा पनि परिचित छन् । नेपाली खेलकुदमा प्राबीधीक र प्रसासनीक दुवै क्षेत्रमा राम्रो दख्खल भएका श्रीराम राष्ट्रिय खेलकुद परिषद्को तालीमक तथा प्रशिक्षण विभागमा अधीकृतको रुपमा कार्यरत छन् ।
नेपाली खेलकुदमा पहिलो ग्रेडमा रहेका थुप्रै खेलाडी मध्य उल्लेखित प्रतिनिधी पात्र हुन् । अन्य सबै खेलाडीको जिवन हेर्ने हो भने पनि प्रशिक्षक, निर्णायक, विदेश भ्रमण र प्रसासनीक जिम्मेवारीको विविधता नै खेलाडी जिवान पछिको यात्रा हो ।

Comment