खेलाडी संघले खेलाडीलाई सम्मान गर्ने

nnipae
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा २५ खेलका सम्वन्धित खेल संघले उपलब्ध गराएको उत्कृष्ट खेलाडीहरुलाई विगतमा झै १० हजार रुपैया सहित सम्मान गर्न लागिएको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएका छन् ।
सम्मान कार्यक्रममा एथलेटिक्स, आर्चरी, बक्सिङ्ग, ब्याडमिन्टन, बास्केटबल, उसु, तेक्वान्दो, कराते, जुडो, सुटिङ्ग, जिम्न्यास्टिक, लन टेनिस, कुस्ती, सफ्ट टेनिस, भारोत्तोलन, क्रिकेट, टेबल टेनिस, फुटबल, साईक्लिङ्ग, गल्फ, सेपाक ताक्रो, पौडी, ट्राईयाथलन, फेन्सिङ्ग र ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग खेललाई समावेश गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यस्तै खेलाडी संघको सिफारिसमा गजराज जोशी फाउन्डेशनद्वारा प्रदान गरिने “आदर्श खेलाडी पुरस्कार” एक जनालाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशी २५ हजार रहेको छ ।
यस बर्षको बैशाख महिनामा गएको महाभुकम्पले क्षती भएको नेपालको पर्यटकिय नगरी भक्तपुरको दरवार स्क्वायरको खुला चौरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई भक्तपुर नगरपालिकाको साथ रहेको छ । यस कार्यक्रमले भुकम्पका कारण क्षतीबाट माथि उठ्न खोजेको भक्तपुरमा पर्यटकको संख्यामा बृद्धि गर्न सहयोग पुग्ने भक्तपुर नगरपालिकाका प्रतिनिधी गौतम लासिवाले बताए ।

Comment