संरक्षक भूषणलाई दुई उपाधि

tennis chamion
काठमाडौं
दोस्रो नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा भएको १४ बर्ष मुनी र  १६ बर्ष मुनीको फाइनल खेल सम्पन्न भयो । यु १६ को छात्रतर्फ संरक्षकभूषण बज्राचार्य र छात्रातर्फ माहिका राणाले उपाधि जिते । संरक्षकले रेन्जन लामालाई हराएर उपाधि जिते भने माहिकाले इरा रावतलाई पराजित गरि उपाधि पक्का गरेकी हुन् । त्यस्तै यु१४ को छात्रको उपाधि संरक्षकभूषणले नै हात पारे । य ु१६ मा उपाधि जितेका संरक्षकले रेन्जन लामालाई नै हराएका थिए । त्यस्तै छात्रातर्फ उपाधि मायांका राणाले उचालिन । मायांकाले एनी माथेमालाई पराजित गरेकी थिइन् ।
त्यस्तै छात्र डबल्सतर्फ आभाषा मल्ल र सक्षम कार्कीले उपाधि जिते । उनीहरुको जोडीले संरक्षकभूषण र प्रदीप खड्कालाई हराएको थियो । छात्रा डबल्सको उपाधि भने राणा दिदीबहिनी मायांका र माहिकाको जोडीले हासिल ग¥यो । सो जोडीले इरा र अभिलाषा विष्टको जोडीलाई हराएका थिए ।

Comment