मनकामना र माउण्ट अन्नपूर्णलाई कर्णेल जेपिक्रसलाई बास्केटबल उपाधि

???????????????????????????????
पोखरा ः
छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र छात्रातर्फ डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि सेतोले पोखरा रड्डशालामा जारी १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन्।
कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा सञ्चालीत प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा सरस्वती आदर्श विद्याश्रम लामाचौरलाई ७४–४५ ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले छात्रतर्फको उपाधि हात पारेको होे। मनकामनाको जीतमा दिमान पुनले सर्वाधिक ३० स्कोर गरेका थिए। तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण उमाविले टप्स उमाविलाई ५३–४१ ले पराजित ग¥यो। माउण्ट अन्नपूर्णको जीतमा विवेक पुनले सर्वाधिक २७ स्कोर गरेका थिए।
छात्रातर्फको फाइनल खेलमा टप्स उमाविलाई ३६–१३ ले पराजित गर्दै माउण्ट अन्नपूर्ण उमावि सेतोले उपाधि हात पा¥यो। माउण्ट अन्नपूर्ण सेतोको जीतमा किश्मा पुर्जा पुनले सर्वाधिक १६ स्कोर गरिन्। तेस्रो स्थानको लागि भएको खेलमा तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण उमावि रातोले ग्लोबल कलेजियट उमाविलाई ७–२ ले पराजित ग¥यो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा टीमलाई पाँच हजार, तीन हजार र दुई हजार, रुपिया प्रदान गरिएको थियो। प्रतियोगितामा छात्रतर्फ सरस्वती आदर्श विद्याश्रमका गणेश केसी र छात्रातर्फ माउण्ट अन्नपूर्ण उमाविका समीक्षा पुनले बेस्ट प्लयेरको उपाधि प्राप्त गरे। दुवैलाई चन्द्रप्रकाश पुनले जनही दुई हजार प्रदान गरेका थिए।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि पश्चिमाञ्चल प्रहरी प्रमुख एवं डीआईजी बमबहादुर भण्डारी, मुख्य प्रायोजक कर्णेल जेपिक्रस, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, भूपू खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, हिसान कास्कीका उपाध्यक्ष रामजी शर्मा, पोखरा उप–महानगरपालिकाका कानुनी अधिकृत एवं बास्केटबल सङ्घका सल्लाहकार नारायणप्रसाद शर्मा, खड्गबहादुर गुरुङ, सङ्घ कास्कीका अध्यक्ष नेत्रबहादुर सेन, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, श्याम सुनचाँदी दुकानका राम सुनार, खेलप्रेमी रमेश भट्टचन, म्याग्दी पुन क्याटरिङ सर्भिसका तेजेन्द्र पुन, सङ्घ कास्कीका आर्थिक संयोजक कृष्ण गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए।
सो अवसरमा १२ वर्षसम्म नियमितरूपमा प्रतियोगितालाई मुख्य प्रायोजन गरेर बास्केटबल खेलको विकास र विस्तारमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै मुख्य प्रायोजक कर्णेल जेपिक्रसलाई सम्मान गरिएको थियो। प्रमुख अतिथिले नेपाली ढाका टोपी र नेपाली पोशाक दौरासुरुवाल दिएर सम्मान गरेका थिए।प्रमुख अतिथिले खेलाडी राष्ट्रका गहना भएको बताए। सम्मानित व्यक्तित्व कर्णेल जेपिक्रसले सङ्घले सम्मान गरेकोमा आभार प्रकट गरे । कार्यक्रममा मनकामना बोर्डिङ स्कुलका विद्यार्थीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
कास्की जिल्ला बस्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण पुनले स्वागत मन्तव्य र सचिव धोजकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

Comment