आयोजकलाई जनरल चोइ स्मृति च्याम्पियनको उपाधि

itf team
आयोजकलेनवौ जनरल चोइ स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । शनिवार सम्मन्न खेलमा आयोजकले ७ स्वर्ण ५ रजत ६ कास्य जित्न सफल भयो । दोश्रो स्थानमा रहेका मध्यामञ्चलले  ५ स्वर्ण ४ रजत १ कास्य हात पारयो । नेपाल आर्मीले ४ स्वर्ण ३ रजत २ कास्य जितेरतेस्रो भयो ।उत्कृष्ट पुरुष खेलाडीको उपाधि आयोजकका आकाश चन्द्र घर्ति मगरले जितेभने महिलामा पुवाञ्चलकी रिना धिमाल उत्कृष्ट चुनिईन । तेक्वान्दोका जन्मदाता आइटिएफका सस्थापक अध्यक्ष जनरल चोइ होङ हीको स्मृतिमा आयोजित नवौ जनरल चोइ स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको दोस्रो दिन पुरुष प्याट्रन निलो पेटी तर्फ आयोजका रुपेश कुमाईले स्वर्ण, पश्चिमाञ्चलका कृष्ण गुरुङले रजत, रातो पेटी तर्फ आयोजका निम बहादुर बुढाले स्वर्ण, पश्चिमाञ्चलक सन्दीप बि.कले रजत, कालो पेटी प्रथम डान तर्फ पूर्वाञ्चलका पुरन बहादुर मगरले स्वर्ण, नेपाल आर्मीका भिम बहादुर  तामाङले रजत, कालो पेटी दोस्रो डान तर्फ आयोजकका आकाश चन्द्र घर्ती मगरले स्वर्ण र नेपाल आर्मीका ज्ञानप्रसाद खत्र्रीले रजत पदक जितेका छन् ।
यसै गरी महिला प्याट्रन हरियो पेटी तर्फ पश्चिमाञ्चलका प्रेमकला  रानाले स्वर्ण, आयोजका मिना कँुवरले रजत, कालो पे प्रथम डान तर्फ मध्यमाञ्चलका अश्मी श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका कामना पुन मगरले रजत, कालो पेटी दोस्रो डान तर्फ मध्यमाञ्चलका सोनी खड्काले स्वर्ण र आयोजका बसन्ती बुढा मगरले रजत पदक हासिल गरेका छन् ।
महिला स्पाइरिङ तर्फको ५१—५५ के.जी तर्फ पुर्वान्चलका रीना धिमालले स्वर्ण, सुदुर पश्चिमका मुना भोम्जनले रजत, आयोजकका गीता बुढा मगरले तथा  मध्य पश्चिमान्चलका उमिसा  घर्ति मगरले कास्य पदक जितेका छन । भने ५६—६० के.जी तर्फ नेपाल आर्मीका तुलसा राजथलाले स्वर्ण, पश्चिमाञ्चलका कामना पुनले रजत, आयोजकका रीता अधिकारी तथा मध्यमाञचलका सीर्जना तामाङले कास्य पदक जितेका छन् । यसै गरि ६१—६५ के.जी तर्फ आयोजकका बसन्ती बुढाले स्वर्ण, पश्चिमाञ्चलका प्रेमकला रानाले रजत र पुर्वाञ्चलका अनामिका राईले कास्य पदक हासिल गरेका  छन् ।
पुरुष स्पाइरिङ तर्फको ५६—६० के.जी तर्फ मध्यमाञ्चलका सचिन्द्र तामाङले स्वर्ण, पश्चिमाञ्चलका विकाश थापाले रजत, आयोजका भुपेन्द्र पुन मगर तथा नेपाल आर्मीका सुरेश घिसिङले कास्य पदक जितेका छन् । भने ६१—६५ के.जी तर्फ आयोजकका दिनेश बुढा मगरले स्वर्ण, पुर्वाञ्चलका दिलन राईले रजत, राजेन्द्र थापा र चन्द्रसिंह घर्ति मगरले कास्य पदक जितेका छन् ।
यसै गरी ६६—७० के.जी तर्फ मध्यमाञ्चलका सागर श्रेष्ठले स्वर्ण, नेपाल आर्मीका लिलाधर बस्नेतले रजत तथा पूर्वाञ्चलका रितमान घर्ति मगरले  कास्य पदक जितेका छन् भने ७१—७५ के.जी तर्फ नेपाल आमीका भिम बहादुर तामाङले स्वर्ण, मध्यमाञ्चलका विशाल श्रेष्ठले रजत तथा आयोजकका दिवस घर्ति मगरले कास्य पदक जितेका छन् ।
यसै गरि ७६—८० के.जी तर्फ नेपाल आर्मीका बिजय सुनारले स्वर्ण, पश्चिमाञ्चलका लोकेन्द्र घर्ति मगरले रजत, मध्यपश्चिमका जविर अलि बागवान र भिम कुमार भण्डारीले कास्य पदक जितेका छन् भने ७६—८० के.जी तर्फ नेपाल आर्मीका धर्म राज कँडेलले स्वर्ण,आयोजकका धिरेन्द्र घर्ति मगरले रजत, पश्चिमाञ्चलका राजु वि.कले कास्य पदक जितेका छन् ।
प्रतियोगिताको समापनका प्रमुख अतिथि समाज सेवी किरण घायल लगायत महासंघका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले बिजेता खेलाडीहरुलाई पदक तथा मेडल द्धारा सम्मान गरेका थिए भने कार्यक्रमा चर्चित राष्ट्रिय लोक गायक खड्क गर्बुजा र जुना श्रीस द्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । नेपालमा पहिलो पटक एशियाली आईटिएफ प्रतियोगिता सम्पन्न गर्न सफल भएका महासंघकरा अध्यक्ष र उपाध्यक्ष क्रमशः अन्जुनाथ श्रेष्ठ र अन्जन धमलालाई आयोजक द्धारा दोसल्ला र सम्मान पत्र मार्पmत विशेस सम्मान गरियो ।

Comment