मनांगको सेमिफाइनलमा हार

MMC
भुटानमा जारी कग्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशको शेख जमलसंग मनांग र्मस्यांदी क्लब एकका विरुद्ध दुइ गोलले पराजित भएको छ । उत्कृष्ट कमब्याक गरेको सेख जमलले अतिरिक्त समयको पहिलो मिनेटमा निर्णायक गोल गरेको थियो । ८५ औ मिनेटसम्म मनांग अघि रहे पनि साक्वत रोनीले बराबरी गोल गरे । डारबोर लान्डींगले बंगलादेशी टोलीका लागि निर्णायमक गोल गरे ।
यस अघि ५५ औ मिनेटमा सेड्रिक अबाले गोल गर्दै मनांगलाई अग्रता दिलाएका थिए । ३० औ मिनेटमा अनील गुरुंगले सहज अबसर पाए पनि यसलाई खेर फालेका थिए ।

Comment