ह्वीलचेयर बास्केटबलमा नेपाल विजयी

wheel chair basketball
बंगलादेशको साभरमा जारी एस्कन (एसियन स्पाइनलकोर्ड नेटवर्क) खेलकुद अन्तर्गत पुरुष ह्वीलचेयर बास्केटबलमा नेपालले जित हात पारेको छ ।  नेपालले आयोजक राष्ट्र बंगलादेशलाई २४–१६ ले पराजित गरेको नेपाल स्पाइनलकोर्ड इन्जुरी स्पोर्ट्स एसोसिएनले जनाएको । तीन राष्ट्र सहभागीबास्केटबलमा नेपाल र बंगलादेशसहितभारत सहभागी छ । अब नेपालले आइतबार भारतसंग खेल्नेछ ।
त्यस्तै ह्वीलचेयर पुरुष एकल टेबलटेनिसमा केशव थापा पहिलो र राम तामाङ दोश्रो भए । बास्केटबल र टेबलटेनिस बाहेक नेपाल ह्वीलचेयर पावर लिफ्टिङमापनि सहभागी छ ।

Comment