ड्यामसाइड क्लबद्वारा गुरुङ, भट्टराई र एपिक सम्मानित

samman
पोखरा ः
ड्यामसाइडमा रहेको ड्यामसाइड क्लबले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। सम्मानीत हुनेमा एन्फाका उप महासचिव गणेशबहादुर भट्टराई लगायत छन् ।
कार्यक्रममा प्रमुख अतिथि, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपमहासचिव भट्टराईले युवाहरू सड्डठित भएर आÇनो समाजमा सामाजिक एवं खेलकुद क्षेत्रमा क्रियाशील हुनु भनेका समाज र देशलाई अग्रगतिमा लानु हो भन्दै क्लबहरूले नियमित कार्यक्रम गर्दै आर्थिक पारदर्शिता हुनुपर्ने बताए।
कार्यक्रममा जाजरकोटको भेरी नदीमा खसेको बसबाट वेपत्ता भएकाहरूको उद्वारमा उल्लेखनीय कार्य गर्ने गोताखर टीम एपिक समूहलाई सम्मान गरेको छ। सो अवसरमा उक्त समूहका अनिल गुरुङ, विवेक सेन गुरुङ, सुमन थापा लगायतको समूहले तिन दिनसम्म उद्वार कार्यमा प्रहरी, आर्मीलगायतको कार्यमा सहयोग गरेको थियो।
साथै क्लबले जापान संयोजकमा क्लबका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी रमेशकुमार गुरुङलाई मनोनयन गरेको छ । शुक्रबार नै उनलाई सम्मान गर्दै आधारपत्र प्रदान गरेको छ ।
त्यसैगरि क्लबले जैविक विविधता तथा राष्ट्रिय सम्पदाको संरक्षणमा उल्लेखनीय कार्य गरेकोमा एन्फाका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव रमेशप्रसाद बरालले गरेका थिए ।

Comment