कोरिया एसियन आइटिएप च्याम्पियन

डिपिआर कोरिया सातौं एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपको सिनियरमा बुधबार टिम च्याम्पियन बनेको छ । कोरियाले २४ स्वर्ण र ४ रजत जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ताजाकिस्तान ३ स्वर्ण, १२ रजत र ७ कांस्यसाथ दोश्रो तथा काजाकिस्तान ३ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ तेश्रो भए । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) द्वारा आयोजित प्रतियोगिताको जुनियरमा २६ स्वर्णसहित ताजाकिस्तान पहिलो, ८ स्वर्णसहित काजाकिस्तान दोश्रो तथा २ स्वर्णसहित तुर्कमिनिस्तान तेश्रो भए ।
सिनियरको महिलामा डिपीआर कोरियाकी मि ह्याङ पाक तथा पुरुषमा कोरियाकै क्योङ हुम रा उत्कृष्ट खेलाडी घोषित भए । पाकले ३ र राले २ स्वर्ण जिते ।
जुनियरको महिलामा ताजाकिस्तानकी सिरिन्बोनु नइभेभ तथा पुरुषमा तुर्कमिनिस्तानका ओराजमिराट चारी उत्कृष्ट खेलाडी चुनिए । नइभेभले २ स्वर्ण र १ रजत तथा चारीले १ स्वर्ण र १ रजत हात पारे ।
प्रतियोगितामा नेपालले १ स्वर्णसहित ७ रजत र १५ कांस्य जित्यो । नेपालकी निश्मा बस्यालले स्वर्ण जितिन् । एसियाली आईटीएफमा निश्माको स्वर्ण अहिलेसम्मकै पहिलो हो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले पुरस्कार प्रदान गरे

Comment