आइटिएफ तेक्वान्दाको राष्ट्रिय प्रतियोगिता सुरु

itf game
आईटिएफका सस्थापक अध्यक्ष जनरल चोइ होङ हीको स्मृतिमा आयोजित नवौं जनरल चोइ स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबार बागलुङ्गको बुर्तिबाङमा शुरु भएको छ ।
नेपाल आईटिएफ ब्ल्याक बेल्ट कमिटि,जिल्ला खेलकुद बिकास समिति,बागलुङ र बागलुङ आईटिएफ तेक्वान्दो संघद्धारा आयोजित सो प्रतियागितामा ५ बिकास क्षेत्र,१ आयोजक,१ बिभागिय टिम नेपाल आर्मि गरी ७ टिमका करिव २ सय खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ४४ कास्य पदकका लागि प्रतिस्पर्धा भैरहेको छ । उद्घाटन कायक्रम पश्चात सम्पन्न पहिलो दिन  पुरुष  तर्फको ४५—५० के.जी तर्फ पुर्वान्चलका पुर्ण बहादुर मगरले स्वर्ण,आयोजक दिपक गौतमले रजत र पश्चिमान्चलका डोर बहादुर घर्ति तथा मध्य पश्चिमका रोशन आचार्यले कास्य पदक जितेका छन ।
यसै गरी ५१—५५ केजी तर्फको प्रतिस्पर्धामा आयोजकका आकाशचन्द्र घर्तिले स्वर्ण, मध्यमान्चलका उज्वल श्रेष्ठले रजत तथा दुर्जधन घर्ति र नेपाल आर्मिका ज्ञानप्रसाद खत्र्रिले कास्य पदक हासिल गरेका छन ।
प्रतियोगिताको संविधानसभा सदस्य ज्ञानकुमारी छन्ट्यालले उद्घाटन गर्नु भयो । प्रतियोगिता आयोजक समितिका संयोजक घमबहादुर थापाको अध्यक्षतामा संचालित उद्घाटन कार्यक्रममा नेपाल आइटिएफका अध्यक्ष अन्जुनाथ श्रेष्ठ,प्रशिक्षकहरुको तर्फबाट प्रविण कुमार कार्की ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुलाल शाक्य लगायतले शुभकामना व्यक्त गरेको महासंघका उपाध्यक्ष अन्जन धमलाले गराए ।

Comment