रनब र अजालाई उपाधि

renjan lamamayanka rana

रनब सिंहले दोस्रो राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु¬–८ छात्र स्पर्धाको फाइनलमा प्रबेश गरेका छन् । फाइनलमा आरब हाडालाई १०–६, १२–१० ले हराउदै रनब उपाधि जित्न सफल भएका हुन् । सोही उमेर समुहको छात्रामा अजा रेग्मीले उपाधि जितिन् । यु¬–१२ छात्रामा उत्सबी जोशी र अल्सा रेग्मी फाइनलमा प्रबेश गरे । फाइनल प्रबेशको क्रममा उत्सबीले अभिलाष विस्टलाई ६–१,४–६ र ६–० तथा अल्सा रेग्मील्े सलोनी तामांगलाई ६–३,६–२ ले पराजित गरे  ।
यु¬–१६ छात्रमा आभास मल्ल, रेन्जन लामा, संरक्षक भुषण बज्राचार्य र सक्षम कार्की सेमिफाइनलमा प्रबेश गरे । क्वार्टरफाइनलमा आभासले दिपेस खत्रीलाई ६–२,६–२ ले, रेन्जनले प्रसान्त बस्नेतलाई ६–४,६–४ ले संरक्षकले प्रबिन खनाललाई ६–३,६–१ ले र सक्षमले प्रदिप खड्कालाई ६–२,६–१ ले पराजित गरे । सोही उमेर समुहको छात्रामा मायंका राणाले विजिसा श्रेष्ठलाई ६–०,६–४ ले तथा इरा श्रेष्ठले आकृती शाहलाई ६–१,६–१ ले पराजित गरे ।
तस्बिर ः उज्वल डंगोल

Comment