जनर चोई राष्ट्रिय तेक्वान्दो शुक्रबार देखि

itff
नवौं जनरल चोई स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाग्लुङको बुर्तिवाङमा शुक्रबार  देखि शुरु हुने भएको छ । प्रतियोगितामापुर्वाञ्चलबाट ११,मध्यामाञ्चलबाट १२, पश्चिमाञ्चलबाट १३, मध्यपश्चिमाञ्चलबाट ९ र सुदुर पश्चिमाञ्चलबाट ८ खेलाडीले सहभागिताजनाउने निश्चितभएको छ । त्यस्तै नेपाली सेनाको ११ र आयोजकको टिमबाट १२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवंम नेपाल आईटिएफ नेश्नलब्लक बेल्ट कमिटिका अध्यक्ष घमवहादुर थापाले जनाएका छन । दुई दिने प्रतियोगितामा स्पाइरिङ,प्याटन,ग्रुप स्पाइरिङ र ग्रुप प्याटन गरि ४ विद्यामा  २८ स्वर्ण,२८ रजत र ४४ कास्यकालागि प्रतिस्पर्धा हुने थापालेजनाएका छन ।

Comment