नङ्गशलदेवी फाइनलमा

फाइल तस्बिर
फाइल तस्बिर

साबिक बिजेता त्रीभुवन आर्मी क्लब (टीएसी)का रत्नजित तामाङ तेस्रो अन्नपूर्ण पोष्ट् कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत खुल्लातर्फ पुरुष एकलको फाईनलमा पुगेका छन् । शुक्रबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परीषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१६ ले पराजित गर्दै रत्नजित उपाधि नजिक पुगेका हुन् । रत्नजितले शनिबार हुने उपाधि भिडन्तमा आफ्नै क्लबका दिपेश धामीसंग प्रतिस्र्पा गर्ने छन् । दीपेशले एपिएफकै बिकास श्रेष्ठलाई २२–२०, २१–१६ ले पराजित गर्दै रत्नजितसंगको उपाधि भिडन्त पक्का गरेका हुन् ।
यस्तै खेल्लाकै महिला एकलतर्फको उपाधिका लागी टीएसीकी नङशल देबी तामाङ र एपिएफकी शिक्षा श्रेष्ठ भिड्ने भएका छन् । शुक्रबार नै भएको पहिलो सेमिफाईनल खेलमा नङशलले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–१३ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् । शीक्षाले भने टीएकीकै अमिता गिरीलाई २१–१४, २२–२४, २१–१३ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेकी हुन् । महिलातर्फको उपाधि भिडन्त पनि शनिबार नै हुने छ ।
खुल्लातर्फ पुरुष यूगलको उपाधिका लागी भने सुदिप सेढाई र साजनकृष्ण ताम्राकारको जोडी तथा बिकाश श्रेष्ठ र बिजित थापा मगरको जोडी भिड्ने भएका छन् । दुबै जोडी एपिएफका हुन् । सुदिप र साजनकृष्णको जोडीले शुक्रबारनै भएको पहिलो सेमिफाईनल खेलमा केआरएस ट्रेडिङका श्यामबहादुर पराजुली र रामकुमार बानियाको जोडीलाई २१–१२, २१–८ ले पराजित ग¥यो भने बिकाश र बिजीतको जोडीले टीएसीका सुरोज महर्जन र दीपेश धामीको जोडीलाई २१–१७, १८–२१, २१–१६ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका हुन् ।
एक्जिक्यूटिभको एकलतर्फ कास्की फाईनान्सका बिशाल खड्का लगातार तेस्रो पटक फाईनलमा पुगेका छन् । शुक्रबार पहिलो सेमिफाईनल खेलमा केआरएस ट्रेडिङका रामकुमार बानियालाई २१–१५, २१–१६ ले पराजित गर्दै तेस्रो पटक फाईनलमा प्रवेश गरेका हुन् । उनि अघिल्लो दुबै संस्करणका बिजेता समेत हुन् । उनले यस पटक उपाधिका लागी सुपर लेमीकोट्सका अभिशेक बोसस“ग प्रतिस्पर्धा गर्ने छन् । अभिशेक ग्रिन डेभेलपमेन्ट बैंकका बिबेक जिसीलाई २१–१५, २१–११ ले पराजित गर्दै पराजित गर्दै अन्तिम दुईमा पुगेका हुन् ।
बिशाल एक्जिक्यूटिभतर्फको यूगलमा पनि फाईनलमा प्रबेश गरेका छन् । बिशाल र शम्भुकुमार श्रेष्ठको जोडी एसबीआईका श्यामबहादुर पराजुली र केआरएस ट्रेडिङका रामकुमार बानीयाको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् । उनिहरुले उपाधिका लागी जुनतारा इन्भेष्टमेन्टका उमेश केसी र ग्रिन डेभेलपमेन्ट बैंकका बिबेक जिसीको जोडीस“ग प्रतिस्पर्धा गर्ने छन् । केसी र जिशीको जोडी यूनिभर्सीटी भिलेजका बिश्व गुरुङ र सुबास श्रेष्ठको जोडीलाई २१–१२, २१–११ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
कर्पाेरेटको यूगलतर्फको उपाधिका लागी अट्टायर पुकका निरज शाक्य र कान्तिपुर पब्लिकेशनका महेश स्वारको जोडीले स्पिरीट इनर्जीका श्यामबहादुर पराजुली र लाईभ फर्मास्यूटीकल्सका बिरेन्द्र बिष्टको जोडीस“ग प्रतिस्पर्धा गर्ने छन् । शाक्य र स्वारको जोडीले अमेरिकन दुताबासका कृष्ण कुवर र गोभिन्द बहादुर शाहीको जोडीलाई २२–२१, २०–१९ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । पराजुली र बिष्टको जोडीले भने भने फाईनल यात्रा तय गर्न काठमाडौं ग्रुप अफ होटल्सका अनुप थापा र यूनिभर्सीटी भिलेजका सुबास श्रेष्ठको जोडीलाई २१–७, २४–२२ ले पराजित ग¥यो । खुल्लाको पुरुष यूगल, एक्जिक्यूटिभ एकल र यूगल तथा कर्पाेरेट यूगलको फाईनल खेल पनि शनिबार नै हुने छ ।

Comment