किरात राइ खेलकुद संघमा महेन्द्रको निरन्तरता

बरिष्ठ कराते प्रशिक्षक महेन्द्र राइको अध्यक्षतालाई निरन्तरता दिदै नेपाल किरात राइ खेलकुद संघको प्रथम सधारण सभा सम्पन्न भएको छ । सुम्नीमा हल कोटेश्वरमा सम्पन्न साधारण सभाले बहादुर चन्द्र राइ, चन्द्र कुमार राइ र धन अर्जुन राइलाई उपाध्यक्षमा चयन ग¥यो । भोजानन्द राइ महासचिव तथा भिम प्रसाद राइ र गंगा राइ सचिव भए । श्याम राइ कोशाध्यक्ष भए ।kirat 2सदस्यहरुमा गोपाल राइ, कबिता राइ,सन्तोष राइ, विप्लब राइ, रोशनी राइ, पार्वती राइ, इन्द«हाङ्ग राय, गिता राइ,तृष्णा राय, हिरा देवी राइ र रञ्जना राइ छन् । सबै पद निर्बीरोध चयन भएको हो ।
कमिटीमा रहेकी पार्वती कबड्डी राष्ट्रिय टोलीकी प्रशिषक हुन् भने रञ्जना ह्यान्डबल राष्ट्रिय टोलीकी कप्तान हुन् । साधारण सभाको प्रमुख अतिथी किरात राइ यायोख्खाकी अध्यक्ष यशोदा राइले उद्घाटन गरेकी थिइन् । मिस किरात पुनम राइ बिश्ष्टि अतिथीको रुपमा उपश्थित थिइन् । उद्घाटन समारोहमा १२ औ सागमा रजत पदक विजेता सविता राइ सहित सहभागि खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
स्थापनाको एक बर्षमा किरात राइ खेलकुद संघ खेलकुदका साथै मानबीय सम्बेदनाको क्षेत्रमा सक्रिय रहेको छ । १२ बैशाखमा गएको भुकम्प पछि यो सस्था सामाजीक पुर्नउत्थानमा सक्रिय रहेको थियो । साथै खेलाडी अक्षयकोष स्थापनामा पनि यो सस्था सक्रिय रहेको छ । खेलकुदमा योगदाजन पु¥याउने थुप्रै ब्यक्तिलाई किरात राइ खेलकुद संघले सम्मान कार्यक्रमको आयोजना गरेको छ । यो सस्थामा विभिन्न खेलका परिचित प्रशिक्षक, खेलाडी तथा खेलकुद प्रसासनमा लामो समयको अनुभब भएका ब्यक्तित्वको जमात छ । बुधबारको पहिलो साधारण सभामा सविताको साथमा सुटर मोनीका राइ, भलीबलकी अन्तराष्ट्रिय रेफ्रि चन्द्रबदना राइ, ह्यान्डबल राष्ट्रिय टोलीकी सदस्य जिता राइ र म्याराथन धावक भुमि राइ लगायत परिचित खेलकर्मीको उपश्थिती थियो ।

Comment