राष्ट्रपति रनिङ सिल्डमा तेक्वान्दो छैन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा छैटौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तेक्वान्दोको स्पर्धा समोबश हुने छैन । अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाइ सबै भन्दा बढी सफलता दिलाउने तेक्वान्दो राष्ट्रपती रनिङ शिल्डमा समाबेश नहुनुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैले यसलाई तेक्वान्दोले विगतमा दिलाएको सफलता र भविश्यका दिन सक्ने उपलब्धीको सम्भधावनालाई नजरअन्दाज गरिएको ठानेका छन् । ‘भिन्न श्रोत, भिन्न बजेट र भिन्न संगठनको रुपमा अघि बढीसके पछि अहिले तेक्वान्दोको मुलधारको प्रतियोगितामा समाबेश हुन किन आबस्यकता पर्‍यो ?’ परिषद्को तेक्वान्दो युनियन र तेक्वान्दो संघका खेलालई एकै ठाउमा राख्ने प्रस्तावका बारे एक तेक्वान्दो प्रशिषक भन्छन् ।
यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सविच युवराज लामाले दुइ संघका अध्यक्ष र महासचिव एकै ठाउँमा राखेर बैठक राख्दा एकै ठाउमा खेल्न नमानेका कारण स्थगीत भएको बताए । उनले यस बर्ष स्थगन हुने र अर्को बर्ष मन्त्रानयकास त्यसै अनुसारको सिफरिस गर्ने बताए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एउटै प्रकृतीका दुइ संघ बनाएर परिषद्ले गम्भीर गल्ती गरेको र यसले बारम्बार समस्या उत्पन्न गराएको प्रतिक्रिया दिए । नेपाल तेक्वान्दो संघका सदस्य पूर्ण सिंह बोहरा राष्ट्रपती रनिङ शिल्डमा तेक्वान्दो समाबेश नगरेर तेक्वान्दो खेललाइ अबमुल्यन गरिनु दुखद भएको बताउँछन् ।
तीनदिने प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । विद्यालयहरुको राष्ट्रिय स्तरीय यो प्रतियोगितामा पाँच विकास क्षेत्रका पााचै टिमको सहभागिता रहने आयोजक समितिका सदस्य मीनकुमार शर्माले जनाएका छन् । एथलेटिक्स, भलिबल, कराते र उसु गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा ९० खेलाडीले २६ स्वर्ण, भलिबलमा पााच विकास क्षेत्रका छात्र र छात्रा टिमले २ स्वर्ण, करातेमा ६० र उसुमा ६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एथलेटिक्समा विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भंग गर्नेलाई १० हजार रुपिया पुरस्कार प्रदान गरिनेछ । एथलेटिक्सको हरेक व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमश: ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार दिइनेछ । रिलेमा पहिलो हुनेले १ हजार ५ सय, दोश्रोले १ हजार र तेश्रोले ५ सय नगद पुरस्कार थाप्नेछन् ।
एथलेटिक्समा छैटौं र भलिबलमा तेश्रोसम्म रहने टिमलाई निश्चित अंक दिए सर्वाधिक अंक ल्याउने टिमलाई टिम च्याम्पियन घोषणा गरिनेछ । टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । मार्सल आर्टको पदक टिम च्याम्पियनमा गणना गरिने छैन ।
एथलेटिक्सको व्यक्तिगत विधामा पहिलोदेखि छैटौं स्थानसम्म रहने टिमलाई क्रमश: ७, ५, ४, ३, २ र १ तथा रिलेमा क्रमश: १४, १०, ८, ६, ४ र २ अंक दिइनेछ । भलिबलमा पहिलो हुने टिमलाई ३५, दोश्रोलाई २१ तथा तेश्रो हुने दुई टिमलाई १४–१४ अंक प्रदान गरिनेछ ।

Comment