क्योकुसिनटोलीचीन प्रस्थान

1
सोह्रौं अल एसियन खुला फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडी सहित चार सदस्यीय नेपाली टोली बिहीबार चीनको सांघाई प्रस्थान गरेको छ ।
नोभेम्बर २८ देखि डिसेम्बर २ तारिखसम्म हुने च्याम्पियनसिपमा समान एक–एक पुरुष र महिला खेलाडीले खुला तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा ज्ञानबहादुर तामाङ र महिलामा निर्मला वज्राचार्यले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल क्योकुसिन कराते डो संघका उपाध्यक्ष रविन्द्र सुन्दर सैंजु र रविन्द्र महर्जन छन् ।
नेपालमै भएको दोश्रो दक्षिण एसियाली फुलकन्ट्याक्ट करातेका कांस्यधारी ज्ञानबहादुरसंग यसै च्याम्पियनसिपको १३ औं संस्करणमा पनि खेलेको अनुभव छ । निर्मलाको भने यो ‘डेब्यु’अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
एसियाली च्याम्पियनसिपमा नेपालले हालसम्म २ स्वर्ण, १ रजत र २ कांस्य जितेको छ । पहिलो संस्करणमा हाल नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष समेत रहेका जगत प्रसाद गौचनले स्वर्ण जितेका थिए । अर्को एक संस्करणमा रुपेश डंगोलले स्वर्ण प्राप्त गरेका थिए । त्यस्तै १३ औं संस्करणमा ज्योति तामाङले रजत जितेकी थिइन् । दोश्रोमा रामजी प्रसाद वज्राचार्य र आठौंमा रविना मानन्धरले कांस्य जितेका थिए ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगत प्रसाद गौचन, प्रथम उपाध्यक्ष पुष्प मानमानन्धर, महासचिव रामजी प्रसाद वज्राचार्य लगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment