सहारा इन्टरनेशनलका रोसिम खड्काको एकल अग्रता

chess 3
सहारा इन्टरनेशनल पोखराका रोसिम खड्का काठमाडौंमा जारी प्रथम राष्ट्रिय अन्तर बालगृह रनिङशिल्ड बुद्धिचाल प्रतियोगितामा एकल अग्रता लिन सफल भएका छन् । छैटौं चरणको खेलमा डोक्स फाउण्डेसनका विशाल बस्नेतलाई पराजीत गर्दै उनले ६ खेलबाट पूर्ण ६ अंक हात पारेका छन् ।
त्यसैगरी ओशिड नेपालका हरेराम चौधरी तथा सन्तोष चौधरी र डक्स फाउण्डेशनका विशाल बस्नेत ५ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
नेपाल बुद्धिचाल संघ, कन्सिन नेपाल तथा केन्द्रिय बाल कल्याण समितिको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा नयाँ बाल गृहका प्रकाश भगावट, प्रयास नेपालका प्रताप, डोक्स फाउण्डेशनका राहुल शाही, गोपाल कार्की र इन्द्रकुमार पाख्रिन र  ग्रामीण वस्ती विकास केन्द्रका चन्द्र गुरुङको ५ अंक छ ।  रंगीन होम पोखराका सन्तोष विक, कोपिला बालगृह्का धिरज खत्री, फ्रेस नेपालका दिनेश दाहाल, मदर हुड नेपालका  राम बहादुर शाही, होप चाइल्डका निशान लिम्बु, साथी नेपालका निपुन सिं, किरण घले र एसओएस भिलेजका शिव बहादुर कुमालले पनि समान ५ अंक जोड्दै संयुक्त चौथो स्थानमा रहन सफल भएका छन् ।
नेपाल चिल्ड्रेनका शुरेस साह, रमेश शाम तथा निल प्रसाद रोका, श्रीमद भागवाद बालआश्रमका विकास भागवत र मैत्री नेपाल अपाङ्ग संघका रविन्द्र महरा समान ४ दशमलब ५ अंकमा रहेका छन् ।

Comment