स्वर्ण पदक खेलाडी सम्मानित

main photoe
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाईटेड तेक्वान्दो महासंघले बुधबार सम्मान गरेको छ । उनीहरुलाई बुधबार सातदोवाटोस्थित मैत्री तेक्वान्दो डोजाङ्गमा आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव केशव कुमार बिष्टले ५० हजार बराबरको चेक तथा प्रशंसा पत्र प्रदान गरे । सोही अवसरमा अल्ट्रा धावक मिरा राईलाई पनि प्रशंसा पत्र सहित ७५ हजारको चेक प्रदान गरिएको थियो । उनी विश्व अल्ट्रा च्यम्पियनसिपमा दोश्रो स्थान हात पार्न सफल भएकी थिईन् । लामो समय माओबादीमा लागेकी उनी दुई बर्ष अघिमात्र खेलकुदमा लागेको उनले बताईन् । फुपु सन् २००८ देखि जुडोमा सक्रिय थिइन् । उनी सन् २००८ की एसियाली जुनियर जुडोकी काश्य पदक विजेता हुन् । आगामी रियो ओलम्पिकलाई लक्ष्य बनाएकी उनी बुधबार नै प्रशिक्षणका लागि हंगेरीको बुढापेस्ट प्रस्थान गरेकी छिन् । भारतबाटै बुढापेस्ट जाने उनको कार्यक्रम रहे पनि एक दिन अघि नेपाल जुडो संघले आयोजना गरेको सम्मान कायएक्रममा सहभागि हुन उनी काठमाडौ आएकी थिइन् । यसैगरी उसुकी निमा हाल राजीव मर्हजनको प्रशिक्षणमा रहेको नेपाल आर्मी क्लबमा आबद्ध छिन् । उनले थाउलोमा स्वर्ण पदक जितेकी हुन् । निमाका प्रशिक्षक राजीव पनि बुधबार कार्यक्रममा उपश्थित थिए ।
सो अवसरमा महासंघका अध्यक्ष राजकुमार राईले बिदेशमा बसेर पनि खेलकुदको माध्यमले राष्ट्रको नाम उच्च राख्न योगदान गरेकोमा आफुलाई धन्य भएको बताए । यसका साथै खेलाडीहरुको हौसला अभिबृद्धिगर्न सदा लागि पर्ने समेत उनले बताए ।

Comment