१२ औं अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु

???????????????????????????????
पोखरा ः  कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा मड्डलबारदेखि पोखरा रड्डशालामा १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु  भएको छ।
सुरुवातदेखि नै प्रतियोगिताको मुख्य प्रायोजक बनेका कर्णेल जेपि क्रसले प्रतियोगिताको उद्घाटन गर्दै आफूलाई नेपाली नागरिकताको लागि विश्वास गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए।विगत ३२ वर्षदेखि नियमितरूपमा नेपालका बस्दै आएका ९१ वर्षीय कर्णेल क्रसले अघिल्लो शुक्रबार मात्र नेपाली नागरिकता पाएका हुन्।सो अवसरमा उनले कास्की जिल्ला बास्केटबल सङ्घलाई रु.चार लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
कार्यक्रममा सोसियल ब्लिक स्कुल र सरस्वती आदर्श विद्याश्रमका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए।यस्तै अफियलको तर्फबाट राष्ट्रिय रेफ्री खुमबहादुर पुन तथा खेलाडीको तर्फबाट मनकामना बोर्डिङ स्कुलका ज्ञानबहादुर पुनले सपथग्रहण गरेका थिए। मङ्सिर १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ नौ तथा छात्रातर्फ नौ टीमको सहभागिता रहेको छ।
सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण पुनले स्वागत मन्तव्य र सचिव धोजकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
यसैबीच मड्डलबार छात्रतर्फ चार तथा छात्रातर्फ दुई खेल सम्पन्न भएका छन्।छात्रतर्फ उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले बालकल्याण बोर्डिङ सकुललाई ६९–२७ ले पराजित ग¥यो। यस्तै कास्की मोडनाइज एकेडेमीले सोसियल पब्लिक स्कुललाई ४२–२८, माउण्ट अन्नपूर्ण उमाविले टप्स उमाविलाई ४८–४६ तथा सरस्वती आदर्श विद्याश्रम लामाचौरले पोखरा युनाइटेडलाई ४७–२ज्ञ ले पराजित ग¥यो।
छात्रातर्फ ग्लोबल कलेजियट उमाविले सोसियल पब्लिक स्कुललाई ९–४ ले तथा डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि सेतोले टप्स उमाविलाई ३६–८ ले पराजित ग¥यो। छात्रतर्फ समूह ए मा सोसियल पब्लिक स्कुल र कास्की मोडनाइज एकेडेमी, समूह बी मा टप्स उमावि र माउण्ट अन्नपूर्ण उमावि, समूह सी मा बालकल्याण बोर्डिङ स्कुल र मनकामना बोर्डिङ स्कुल तथा समूह डी मा सरस्वती आदर्श विद्याश्रम लामचौर, कुमुदिनी होम्स र पोखरा युनाइटेड रहेका छन्।
छात्रातर्फ समूह ए मा माउण्ट अन्नपूर्ण उमावि रातो र बालकल्याण बोर्डिङ स्कुल, समूह बी मा ग्लोबल कलेजियट उमावि र सोसियल पब्लिक स्कुल, समूह सी मा कुमुदिनी होमस र सरस्वती आदर्श विद्याश्रम तथा समूह डी मा माउण्ट अन्नपूर्ण उमावि सेतो, टप्स उमावि र मनकामना बोर्डिङ स्कुल रहेका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, तीन हजार र दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। छात्रतर्फ मनकामना बोर्डिङ स्कुल र छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि डिफेण्डिङ च्याम्पियन हुन्। लिगकम नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताअन्तर्गत बुधबार छात्रछात्रातर्फ समान तीन खेल हुने प्रचार–प्रसार उपसमितिको संयोजक धोजकुमार गुरुङले जानकारी दिए।

Comment