छैटौं कास्की खुल्ला बुद्धिचाल प्रतियोगितामा बोगटी प्रथम

???????????????????????????????
कास्की जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा पोखरामा सञ्चालित छैटौं कास्की खुल्ला बुद्धिचाल प्रतियोगिता–२०७१ मा घनश्याम बोगटी पहिलो  भएका छन् ।  सोमबार सातौैं चरणको खेल समाप्तिमा सात अड्ढ जोड्दै बोगटी पहिलो भए । प्रतियोगितामा ६४ जना खेलाडीको सहभागिता थियो ।
प्रतियोगितामा छ अड्ढसहित बुद्धिराज शर्मा द्वितीय, समान ५.५ अड्ढ जोडेका जोन वाटर, भरत लामिछाने, अनिलबहादुर कोइराला र महेश्वर अधिकारी क्रमशः तृतीय, चौथो, पाँचौं र छैटौं भए ।  समान पाँच अड्ढ जोडेका अम्बर गुरुङ, सुवास क्षत्री, युवराज भण्डारी र डग्लास मेक्लागन क्रमशः सातौं, आठौं, नवौं र दशौं भएका छन् । प्रथमले १० हजार, द्वितीयले छ हजार, तृतीयले चार हजार, चौथाले दुई हजार, पाँचौंले एक हजार तथा छैटौंदेखि दशौंसम्मका खेलाडीले जनही पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
कार्यक्रममा प्रथम हुने बोगटीले आफूले पाएको १० हजार पुरस्कारमध्ये आधा रकम, जोन वाटरले चार हजार, महेश्वर अधिकारी र डग्लास मेक्लागनले जनही पाँच सय रुपैयाँ कास्की जिल्ला बुद्धिचाल सङ्घलाई हस्तान्तरण गरेका थिए ।
यु–१६ छात्रतर्फ ग्लोबल कलेजियट उमाविका सुवास क्षेत्री पाँच अड्ढसहित प्रथम, समान पाँच अड्ढ भए पनि प्रोग्रेसिभका आधारमा धौलागिरि बोर्डिङ स्कुल हेमजाका परिचित कुँवर द्वितीय र साढे चार अड्ढ प्राप्त गरेका कुमुदिनी होम्सका अटलबहादुर कोइराला तृतीय भए । छात्रातर्फ साढे चार अड्ढ जोडदै मर्निङग्लोरी एकेडेमी भरतपोखरीकी पूजा भण्डारी प्रथम, चार अड्ढसहित ग्लोबल कलेजियट उमाविका पल्लवी किरण भट्टराई द्वितीय तथा तीन अड्ढ जोडेकी कुमुदिनी होम्सकी यमुना आचार्य तृतीय भए  । छात्रछात्रा तर्फका विजेताले मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि विश्व बुद्धिचाल महासङ्घ फिडेका उपाध्यक्ष विट्रिज मेरिनेलो, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख वसन्तकुमार लामा, कास्की जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बाबुराम पन्त लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीले प्रतियोगितालाई सहयोग स्वरुप २५ हजार सङ्घ कास्कीका अध्यक्ष बाबुराम पन्तलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि फिडेका उपाध्यक्ष विट्रिज मेरिनेलोले चेसमा जात, लिड्ड, भाषा केहीकको मतलब  नहुने र  दिमागी अभ्यास मात्र हुने भएको बिशेष महत्व भएको बताइन् । उनले चेस खेललाई विश्वभरि फैलाउन आफूले प्रयास गरेको र नेपालमा पनि यसले राम्रो विकास गरेको बताइन् ।
नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरी जोशीले फिडेले बुद्धिचाललाई असहाय बालबालिकामा केन्द्रित गर्ने नीति लिएकोले नेपालमा भएका बालविकास केन्द्रमा यो खेलको विकास र विस्तार गर्न लागिपरेको बताए । उनले प्रत्येक बालविकास केन्द्रलाई सङ्घले नै प्रशिक्षणको व्यवस्था गरेर भविष्यमा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने दाबी गरे। कास्की जिल्लामा हराइसकेको यो खेललाई विगत सात वर्षयता बाबुराम पन्त नेतृत्वले बुद्धिचालको विकासमा महŒवपूर्ण योगदान दिएको भन्दै उनले कास्की सङ्घको प्रशंसा गरे।
कास्की जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कर्ण गुरुङले स्वागत मन्तव्य तथा सचिव महादेव पहारीले कार्यक्रम सञ्चालन गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सङ्घका सल्लाहकार श्यामसुन्दर ताम्राकार, पुष्प बाटाजू र महादेव पहारीले आर्विटरको भूमिका निर्वाह गरेका थिए ।

Comment