अन्तिमदिन नेपाललाई थप तीन कास्य

judo finale
१२ औं दक्षिण एशियाली खेलकुदको अन्तिम दिन जुडोले नेपालको लागि थप तीन कास्य पदक जितेको छ । महिला र पुरुष गरि ४ स्वर्ण पदकको लागि भएको खेलमा भारत र पाकिस्तानले समान २÷२ स्वर्ण पदक प्राप्त गरे ।
मंगलबार सिलोङ्गको पोलो ग्राउन्डस्थित कभर्डहलमा राउन्ड रोविनको आधारमा खेलाईएको प्रतियोगिताको महिला ७० केजी मुनि गंगा चौधरीेले आफुलाई कास्य पदकमानै सिमित पारिन् । अन्तिम क्षणमा आफुलाई सम्हाल्न नसक्दा उनी कास्यमा सिमित भएकी थिईन् । सो स्पर्धामा भारतकी पुजाले स्वर्ण पाकिस्तानकी बेनिस खानले रजत र बंगालादेशकी जयाराथेंले कास्य पाईन् ।
यस्तै महिलाको ७८ केजी मुनीको तौलमा पुनम श्रेष्ठले पनि आफुलाई कास्य भन्दा माथी लान सकिनन् । सो तौलमा पाकिस्तानकी मुमताज फौजीले स्वर्ण पाईन । भारतकी अरुनाले रजत र श्रीलङककी डब्लु.जि.एल.डी. जयवर्दनेले कास्य पाईन् ।
पुरुषतर्फको १०० केजी मुनीको तौलमा शिब बहादुर बरामले कास्य पाए । सो स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र अफगानिस्तानले कास्य पाए ।
यसका साथै जुडोबाट नेपालले १ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त ग¥यो ।

Comment