नवयुगको गोलमा नेपाललाई उपाधि

sunday sag newse
नेपालले १२ ओ दक्षिण एसियाली खेलकुद अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।सोमबार भएको खेलमा एक गोलले पछि परेको नेपाल खेलमा फर्कदै एकका विरुद्ध दुइ गोलले भारतलाई हराएर उपाधि जित्न सफल भएको हो ।  सागमा नेपालको यो तेस्रो स्वर्ण पदक हो ।यस अघि उसुकी निमा घर्ती मगर तथा जुडोकी फूपू ल्हामु खत्रीले स्वर्ण पदक जितेका थिए ।
नेपालले साग खेलमा स्वर्ण पदक जितेको यो तेस्रो पटक हो । दुवै सस्करणा नेपालले उपाधि जित्दा प्रशिक्षक राजु शाक्य टोलीका खेलाडी थिए । सन् १९९३ मा ढाकामा भएको छैटौ सागमा नेपालले जित्दा शाक्य कप्तान थिए । सो समयमा २–१ ले पछि परेको नेपाल खेलमा फर्कदै २–२ को बराबरी गरेर टाइब्रेकरमा जित्न सफल भएको थियो । सो समयमा पनि नेपालले फ्रिकीकमा मणी शाहको गोलमा खेलमा फर्कीएको थियो । यस पटक पनि एक गोलेल पछि परेको नेपालका लागि प्रकास बुढाथोकीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । यस पछि नवयुग श्रेष्ठले अर्को गोल गरे । नवयुगले नेपालका लागि कुल सात गोल गरे ।

Comment