जुडोमा तीन काश्य

judo team1

जुडोले १२ औ सागमा तीन कास्य पदक हासिल गर्न सफल भयो । स्वर्ण पदकका आशा गरिएका रमेश मगर कास्यमा सिमित हुन पुगे । उनी ६६ केजी तौल समूहमा अफगानिस्तानका खेलाडी एम आर्यनसंग सेमिफाइनलमा पराजित हुन पुगेका थिए । उनले हार ब्यहोर्नु अघि भुटानका किन्ले छिरिङ्गलाई पराजित गरेका थिए । सो स्पर्धामा भारतका जे. सैनीले स्वर्ण प्राप्त गरेका थिए ।पुरुषको ६० केजी तौलमा वाई पाएर सेमिफाइनल प्रवेश गरेका ईन्द्रबहादुर श्रेष्ठ अफगानी अलि पोपालजाई संग पराजित हुंदै कास्यमा सिमित भए । सो स्पर्धामा भारतीय भुपिन्दर सिंहले स्वर्ण र पाकिस्तानका मुदासिर अलिले कास्य पाए ।
महिलाको ४८ केजी तौलमा सरिता चौधरीलाइ पाकिस्तानकी हुमरिया आसिकीले सेमिफाइनलमा हराउंदै कास्य पदकमा खुम्चन बाध्य पारिन् । उनी वाई पाएर सेमिमा प्रवेश गरेकी थिईन् । सो स्पर्धामा भारतकी सुशिला देवी लिकाम्बमले स्वर्ण तथा श्रीलङकाकी एम.पी. सन्दमालीले कास्य पाईन् ।पुरुषको ७३ केजीका संजित डङ्गोल र ८१ केजीका पवन कुमार श्रेष्ठ पहिलो चरणबाटनै बाहिरिएका थिए ।
नेपाल जुडो संघ अध्यक्ष दीपक हर्ष बज्राचार्यले आजको नतिजा सोचे अनुरुप नभए पनि सन्तुष्ट रहेको बताए । उनले मंगलबार हुने प्रतिस्पर्धाबाट नेपालले अर्को स्वर्ण जित्न सक्ने समेत बताए ।

Comment