सोमबार तेक्वान्दोमा चार रजत

judo photoe
नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्ण पदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण विहिन हुँदै घर फर्किने भएको छ ।प्रतियोगिताको ११ औं दिन तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित हुंदै रजतमा सिमित हुन पुगिन् । उनले आफ्नो तौल समूहको पहिलो खेलमा श्रीलङकाली खेलाडी एस गुणवर्दनेलाई पराजित गरेकी थिईन भने दोश्रो खेलमा अफगानी खेलाडीलाई ६–५ले पराजित गरेकी थिईन् ।
यस्तै ६२ केजी तौल समूहमा सागकी स्वर्ण विजेता आयशा शाक्य भारतीय खेलाडी मार्गेरिता रेगीसंग सर्घर्षपूर्ण पराजय भोग्न बाध्य भईन् । पहिलो र दोश्रो चरणम २–१ले अग्रता लिएकी शाक्यले तेश्रो चरणको खेलमा ३–६को अन्तरमा रहेको अवस्थामा महत्वपूर्ण ३ अंक बटुल्दै ६–६ अंकको बराबरीमा खेल टुङ्गाउँदै गोल्डेन प्रतिस्पर्धामा खेललाई पु¥याईन् । गोल्डेन अंकको लागि भएको खेलमा उनले रेगीलाई ०–३ अंक दिंदै स्वर्णबाट बञ्चित हुन पुगिन् ।सिलोङ्गको नेगरिम्स कभर्डहलमा भएको पुरुष तर्फको ८० केजी तौल समूहमा सक्षम कार्की भारती खेलाडी नवजित मानसंग पराजित हुंदै रजतमा खुम्चिए । उनी नवजित संग ७–१ अंकले पराजित भए । उनले अफगानिस्तानका खेलाडी जि. काफायातुल्लाहलाई २–० र भुटानी कुसुङ्ग वाङ्गदीलाई १०–३ले पराजित गरेका थिए ।
यस्तै पुरुषको ६३ केजीमा वीरबहादुर महरा अफगानी अहमद अली बक्सिसंग पराजित भए । श्रीलङकाका दिलान संजिवा र भुटानका छिमी वाङ्गचुकलाई पराजित गरेका उनी बक्सिसंग ९–१२ अंकले पछि पर्दै रजत पदकलाई आत्मसाथ गर्न बाध्य भए ।
यसका साथै तेक्वान्दो ७ रजतका साथै ३ काँस्य पदकमा सिमित हुन पुग्यो ।

Comment