महिला फुटबलमा नेपाल उपविजेता

nepali ladies football team
१२ औ साग अन्तरगत महिला फुटबलमा नेपाल भारतसंग ४–० ले पराजित भयो । रक्षात्मक खेलका लागि माहीर मानीनने ध्रुब केसीको टोली यस पटक दास्रो मिनेटमै चुक्यो । नेपाली गोलरक्षक लीला लाम्गादेको अफ पोजीसनको फाइदा उठाउदै कमला देवीले भारतका लागि गोल गरिन् । ५६ ओ मिनेटमा स्मीता पाटीलको कर्नर नेपाली रक्षकले राम्रोसंग क्लीयर गर्न नसके पछि कमलाले अर्को गोल गरिन् । ७० औ मिनेटमा नेपाली रक्षकहरुले अर्को गल्ती गर्दा वालादेवीले तेस्रो गोल गरिन् । १८ जना मणीपुरका खेलाडी समाबेश भारतीय टोलीका लागि अस्लता देवीले अर्को गोल गरिन् । नेपाली रक्षकले दिएको बल गोलरक्षक लाम्गादले समाते पछि पाएको इन्डारेक्ट कीक वालमा लागेर फर्के पछि उनले गोल गरेकी हुन् । यस अघि ढाका सागको फाइनलमा पनि भारतले नेपाललाई ३–१ ले हराएको थियो ।

Comment