दुवै टोली बराबर

nepali ladies football team

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक ध्रुब केसीले सोमबार हुने १२ ओ साग फुटबल अन्तरगतको महिला फुटबल स्पर्धामा नेपाल र भारतको सम्भावना बराबर भएको बताएका छन् । उन ले आफूले भारतीय टोलीको कमजोरी थाहा भएको र त्यसलाई उपयोग गर्ने प्रयास गर्ने बताए । उनले भारतले पनि त्यसै खाले प्रयास गर्ने बताए । समुह चरणमा नेपाल १० अंक सहित पहिलो भएको थियो भने भारत दोस्रो भएको थियो । श्रीलंकालाई ४–० ले हराउनु पूर्व नेपालले बंगलादेशलाई ३–०ले तथा माल्दीभ्सलाई २–० ले हराएको थियो । यसैगरी, भारतसंग गोल रहित बराबरी गरेको थियो ।

Comment