बक्सिङ्गमा नेपालका तीन खेलाडी सेमिमा

१२ औं दक्षिण एशियाली खेलकुदको बक्सिङ्ग तर्फ बक्सिङ्गका तीन खेलाडी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।
६४ केजी तौल समूहमा दीपक श्रेष्ठ अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई अंकको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फाइल तस्बिर
फाइल तस्बिर

यस्तै महिला तर्फ निलु गुरुङ्ग र सरस्वती राना पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । निलुले ४८–५१ केजी तौलमा पाकिस्तानकी बानु खुसिहिमलाई र सरस्वतीले ५७–६० केजीमा अफगानिस्तानकी राहिमी सादाथलाई नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाएको प्रमुख प्रशिक्षक प्रचन्ड शर्माले जनाएका छन् ।

Comment