फेरी पनि नवयुग नै नायक

footballe

नवयुग श्रेष्ठ छाए पछि नेपाल १२ औ साग अन्तरगत पुरुष फुटबल स्पर्धामा फाइनलमा प्रबेश गरेको छ । शनीबार इन्दीरा गान्धी रंगशालामा भएको खेलमा नवयुगको ह्याट्रिकमा १० खेलाडीमा सिमित नेपालले माल्दीभ्सलाई ४–३ ले पराजित ग¥यो । अतिरिक्त समय सकिन तीन मिनेट बाकी रहदा बराबरी गोल गरेका नवयुगले अन्तिम मिनेटमा विजयी गोल गर्दै ह्याट्रिक गरे । यस अघि उनले ३६ औ मिनेटमा उनले गोल गरेका थिए । १५ औ मिनेटमा अन्जन विष्टले सुरुवाती गोल गरेका थिए । नवयुगले यस अघि भुटानसंगको पहिलो चरणको खेलमा पनि ह्याट्रिक गरेका थिए । यस अघि माल्दीभ्ससंग भएको बंगबन्धु गोल्डकपको खेलमा पनि ह्याट्रिक गरेका थिए ।
दोस्रो हाफमा प्रभावकाी बनेको माल्दीभ्सले ५२ औ मिनेटमा मोहम्मद हाम्जाको गोलमा अन्तर घटाएको थियो । ६६ औ मिनेटमा कमल श्रेष्ठ दोहोरो पहेलो कार्ड पाउदै बाहीरीए पछि नेपाल १० खेलाडीमा सिमित भएको थियो । अहमद नासीदले ८६ औ मिनेटमा गोल गरे पछि खेल अतिरीक्त समयमा मोडीएको थियो । ११४ औ मिनेटमा हसन नियाजले गोल गर्दै माल्दीभ्सलाई अग्रता दिलाएका थिए ।
संयोगस नवयुगकै छिमेकी विनिता बुढाथोकीको नेतृत्वमा १० बर्षमा महिला भलीबलको पदक जित्दा सिलोंगमा नवयुग पनि छाइरहेका छन् ।

Comment