दक्षिण एसियाली महिला भलिबल पुसमा

volleyball1
पहिलो दक्षिण एसियाली महिला आमन्त्रण भलिभबल प्रतियोगिता आगामी ४ देखि  ८ पुससम्म काठमाडौंमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर नेपाल भलिबल संघले प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा ५ राष्ट्रका महिला भलिबल टिमले सहभागिता जनाउने निश्चित भएको र अन्य राष्ट्रसंग समन्वय भइरहेको  भलिवल संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दानबहादुर तामाङले जानकारी दिए ।  उनले पत्रकार सम्मेलनमा भने, ‘भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाउने जानकारी दिएका छन् ।’ उनका अनुसार अफगानिस्तानसँग छलफल भइरहेको छ । अफगानी टिमले आर्थिक सहयोग मागेको र त्यसका लागि पहल  भएको जानकारी दिए । पाकिस्तान र भुटानले भने तयारी नभएको भन्दै सहभागि हुन नसक्ने जनाएका छन् ।
प्रतियोगितका लागि नेपाली खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । यही मंसिर २२ गते बन्दप्रशिक्षणमा रहेका खेलाडी मध्यबाट १२ जना खेलाडी छनोट हुने जनाइएको छ । नेपाल, भारत र श्रीलंका प्रतियोगिताका उपाधि दाबेदार टिम हुन् ।
प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ दिएको र अन्य अपुग रकम प्रायोजकबाट प्राप्त हुने अध्यक्ष तामाङले जनाकारी दिए । अध्यक्ष तामाङले प्रतियोगिाताका लागि ३७ लाख ६२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । प्रतियोगिताका बिजेताले २ हजार डलर, उपवितेजाले १ हजार डलर र तृतियले ५ सय डलर नगद पुरस्कार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद २५ हजार तथा विधागत उत्कृष्टलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइय
प्रतियोगिताका लागि ४ जना अन्तर्राष्ट्रिय रेफ्री र १२ जना राष्ट्रिय रेफ्री तयार रहेको अध्यक्ष तामाङले बताए । प्रतियोगितको उद्घाटन र फाइनल खेल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणकोसमेत व्यवस्था मिलाइएको जनाइएको छ । यस्तै सार्क राष्ट्रका भलिबल संघका अध्यक्षहरुसमेत खेल हेर्न काठमाडौं आउने संघले जानकारी दिएको छ । प्रतियोगिता दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
टिआइएकपबास्केटबल जारी

Comment