नेपाल रेजिनाको पिडादायक हार विर्सदै दोस्रो दिन रिङ्गमा उत्रने

taekwondo team1भारतमा जारी १२ औं सागको नवौ दिन आज नेपालले एक रजत दुइ कास्य पदक जितेको छ । शनीबार सुरु भएको तेक्वान्दोबाट नेपालले शनिवार एक रजत र एक काश्य पदक जित्यो ।सिलोगस्थित निग्रीममा भएको खेलमा नेपालका लागि ४६ केजी मुनीको महिलातर्फको खेलमा रेजिना कार्कीले रजत पदक जितिन् । प्रतिस्पधात्मक फाइनल खेलमा पाकिस्तानकी यास्मेन खानसँग १–० को गोल्डेन स्कोरमा पराजीत हुदै रजतमा सिमित हुन पुगिन् । फाइनल खेलको पहिलो राउन्डमा उनले पाकिस्तानकी खानलाई २–१ ले पछि पारेकी थिइन् । भने दोस्रो राउन्डमा २–२ को बराबरी अंक भएको थियो । तेस्रो राउन्डको ८–८ अंकको बरबारी भए पछि गोल्डेन स्कोरमा उनले जितमा उनले छिटो प्रहार गर्न नसक्दा पाकिस्तानकी खानले स्वर्ण पदक जितिन् ।
यस अघि उनले अफगानिस्तान र भुटानलाई हराएर फाइलन प्रवेश गरेकी थिइन् । पहिलो राउन्डमा उनले अफगानिस्तानकी राजाइ खादिजालाई ५–० ले पराजीत गरेकी थिइन् भने सेमिफाइलनमा बाइ पाएर प्रवेश गरेकी भुटानकी र्वाग्मो कर्मालाई ११–२ अंकले पराजीत गर्दै फाइलनमा प्रवेश गरेसँगै उनले स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । उनको फाइनल म्याच हेर्न सेफ दि मिसनसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव समेत गुवाहाटीबाट सिलोङ आइपुगेका थिए ।
‘उनले राम्रो पदर्शन गर्दा गर्दै पनि फाइनलमा पराजय भोग्नुप¥यो । तथापी उनको पदर्शनबाट हामी सन्तुष्ट छौं ।’ प्रशिक्षक दीपक विष्टले भने । सो स्पर्धामा भुटानकी र्वाग्मो कर्मा र बंगलादेशकी मुन्मी सुमानाले काश्य पदक जिते ।
८७ केजी तौल समूहमूनिको खेलमा भने रामहरि महत सेमीफाइनलसम्मको मात्र यात्रा तय गर्दै काश्य पदक जिते । पहिलो खेलमा रामहरिले बंगलादेशका महोम्मद मसुद पर्वेजलाई २१– ६ को अंकको अन्तरले पराजीत गर्दै आशालाग्दो पदर्शन गरेका थिए । तर सेमीफाइनलमा भने आयोजक राष्ट भारतका पि आनन्दसंग १४–६ ले पराजीत हुदै काश्यमा सिमित भए । पुरुषतर्फकै ५४ वर्षमूनिको स्पर्धामा चन्द्रबहादुर रानामगर पहिलो चरणको खेलमा अफगानिस्तानका मोसेन रजाईसंग १३–१ अंकले पराजित भएका थिए । त्यसैगरि, वीरगञ्जका वेश महोम्मद पनि पहिलो चरणमै अफगानिस्तनका राहुल्ला निक्पासंग १३–६ ले पाखा लागे । लगातार दुइ पटकका ओलम्पिक पदक विजेता निक्पासंग पहिलो राउन्डमा ९–१ ले पछि परेका ओएस दोस्रो राउन्डदेखि सम्हालीएका थिए ।

Comment