नेपाल र भारत विच महिला फुटबलको फाइनल हुने

nepali ladies football team
नेपाल र भारत विच १२ औ साग अन्तरगत महिला फुटबल स्पर्धामा उपाधि भिडन्त हुने भएको छ । समुह चरणको अन्तिम खेलमा भारतले बंगलदेशलाई ५–१ ले पराजित ग¥यो । भारतीय टोलीका लागि कमला देवी र बालादेवीले दुइ÷दुइ गोल गरे भने सञ्जुले एक गोल गरिन् । यस अघि नै फाइनल प्रबेश गरिसकेको नेपालले श्रीलंकालाई ४–० ले पराजित ग¥यो ।
श्रीलंकाले गरेको आत्मघाती गोलमा अग्रता लिएको नेपालका लागि साबीत्रा भण्डारीले ५१ औ र ६३ औ मिनेटमा गोल गरिन् । सपना लामाले ७९ औ मिनेटमा गोल गरिन् । नेपाल र भारत विच गत सस्करणको फाइनलमा भेट हुदा भारत ३–१ ले विजइ भएको थियो । जुन खेलमा नेपालले अग्रता लिएको थियो । त्यस पछिको दुइ पटक साफ च्याम्पियनसीपमा भारतलाई नतीजा सुम्पदै नेपाल उपविजेता बनेको हो ।

Comment