रोजालाई काश्य पदक

roja koshi1
नेपालकी रोजा केसीले १२ औ साग अन्तरगत महिला ट्रायथलनमा काश्य पदक जितेकी छिन् । काश्य पदक जित्ने क्रममा रोजाले १ घन्टा १६ मिनेटमा दुरी तय गरिन् । यसै स्पर्धामा सहभागि याम कुमारी घले पाचौ भइन् । घलेले १ घन्टा २० मिनेट २९ सेकेन्डमा दुरी तय गरिन् । सो स्पर्धामा पहिला भएकी भारतकी पल्लबी रेतीवालाले १ घन्टा ११ मिनेट २१ सेकन्डमा दुरी तय गरिन् ।
पुरुष स्पर्धामा नेपालका रुद्र कटुवाल पाचौ तथा टिकाराम थापा छैटौ भए । रुद्रले दुइ घन्टा २३ मिनेट ४० सेकेन्ड समय लगाए । टिकारामले २ घन्टा ३० मिनेट ३३ सेकेन्ड समय लगाए । पहिलो भएका भारतका दुइ घन्टा २० मिनेट ५३ सेकेन्ड समय लगाए ।

Comment