तेक्वान्दो ड्र सकियो सुनीलको पदक पक्का

taekwondo team1
रुपन्देहीका सुनील पौडेलले १२ औ दक्षिण एसियाली खेलकुदमा काश्य पदक जित्ने पक्का भएको छ । शुक्रबार गरिएको ड्रमा ५८ किलो तौल समुहमा पौडेलले वाइ पाए पछि पदक पक्का भएको हो । शनीबार पहिलो चरणमा रेजिना कार्कीले अफगानीस्तानकी राफेजी खाडेजीसंग प्रतिस्पर्धा गर्ने छिन् । शनीबार नै चन्द्र बहादुर मगरले पहिलो चरणमा युसेन रेजाइसंग खेल्ने छन् । यसैगरी मोहम्मद ओएसले अफगानीस्तानै उल्लाह नैकपसंग खेल्ने छन् । रामहरी महतले बंगलादेशका मोहम्मद साउद पर्वेजसंग खेल्ने छन् ।
शुक्रबार प्रकासित तालीका अनुसार पहिलो चरणमा यान कुमारी चौलागाइको भिडन्त भुटानकी पेमा डोप्चनसंग हुने छ । निमा गुरुंगले पहिलो चरणमा श्रीलंकाकी एस गुणेश्वरीसंग खेल्ने छिन् । ज्ञानी चुनाराले पहिलो चरणमा बंगलादेशकी न्रसाद बीबीसंग खेल्ने छिन् ।
पहिलो चरणमा बिर बहादुर महराले भुटानका डेलेन सन्जीवासंग खेल्ने छन् । निश्चलमान श्रेष्ठले श्रेष्ठले पहिलो चरणमा श्रीलंकाका ज्ञान परेरासंग खेल्ने छन् । सक्षम कार्कीले पहिलो चरणमा अफगानीस्तानका काफायातुल्लासंग खेल्ने छन् । प्रेम बहादुर बढाथोकीले श्रीलंकाका प्रीयम सञ्जिवासंग खेल्ने छन् ।

Comment