बिश्वस्तरीय स्टारहरु सिलोंगमा नेपाली टोली पनि आत्मबिश्वासी

boxing teame
सन् १९८४ मा काठमाडौमा पहिलो पटक दक्षिण एसियाली खेलकुदको आयोजना हुदा नेपालले जितेका चार मध्यका दुइ स्वर्ण पदक बक्सींङ्गको थिायो । त्यसको लगत्तै सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा नेपालले आठ पदक जित्दा चार पदक बक्सीङ्गका थिए । यस विचमा नेपाली खेलकुदमा धेरै आरोह र अबरोह आए । नेपाली बक्सीङ्गमा पनि आयो । काठमाडौमा आठौ दक्षिण एसियाली खेलकुदको आयोजना हुदा प्रकास थापा मगर र रामचन्द्र थापा मगरले नेपालका लागि स्वर्ण पदक दिलाएका थिए ।
समय फेरिएको छ । नेपाली खेलकुदमा बक्सीङ्गको सक्रियता फरक छ । समय समयमा केही महत्वपूर्ण सफलता पनि यसै खेलले दिलाएको छ । ग्वान्जाउ एसियाडमा दिपक मर्हजनले पदक जितेर होस या अनुराधा लामा र दिपा क्षेत्रीले एसियाली च्याम्पियनसीपमा पदक जितेर होस । त्यसो त बिश्व च्याम्पियनसीपमा पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर छैन । तर, नेपाली खेलाडीको स्तरीयताले मात्र दक्षिण एसियाली खेलकुदको नतीजा निर्धारण गर्दैन । नेपाली बक्सीङ्ग टोलीमा केही स्तरीय खेलाडी त छन् नै । तथापी पाकिस्तानको बक्सीङ्गमा प्रभाव र बिश्व बक्सीङ्गमा शक्तिको रुपमा उदाएको भारतको उपश्थिती महंगो छ । यस अर्थमा यस सागमा सबैभन्दा धेरै स्तरीय खेलाडीको जमघट मा हुने बक्सीङ्गका स्पर्धा नै हुन् । भारतीय टोलीका १० मध्यका पाच प्रतिस्पर्धी ओलम्पियन तथा कमनवेल्थ खेल तथा एसियाली खेलकुदका पदक विजेता छन् । १२ औ साग अन्तरगत प्रतिक्षित बक्सीङ्ग खेलका स्पर्धा शनीबार सुरु हुदै छ ।
दक्षिण एसियाली खेलकुदकै आदर्श पात्र पाच पटककी बिश्व विजेता तथा लन्डन ओलम्पिककी काश्य पदक विजेता मेरी कोम नर्थ इस्टन हिल युनीभर्सीटी स्थित साइ क्याम्पसको बक्सीङ्ग रिङ्गको प्रमुख आकर्सण हुने छिन् । चोटबाट मुक्त हुदै खेलमा फर्कीएकी कोम इन्चोन एसियाडकी स्वर्ण पदक हुन् । तथापी उनी ओलम्पिक छनोटमा असफल भएकी थिइन् । यसै स्पर्धामा नेपालकी मिनु गुरुङ्ग प्रतिस्पर्धा गर्दै छिन् । त्यसो त मिनु नेपाली बक्सीङ्गमा पछिल्लो समय स्टारको रुपमा उदाएकी बक्सर हुन् । मेरी कोम जस्तै अर्की मणीमुरकी मुक्केवाज सरिता देवी पनि एक बर्षको प्रतिबन्ध पछि फेरी खेलमा फर्कीएकी छिन् । त्यसोत उनको ६० किलो तौल समुहमा उनको सबैभन्दा प्रमुख प्रतिद्धन्दी नेपालकी सरस्वती राना मगरलाई मानीएको छ । बिश्व च्याम्पियनसीपको समेत अनुब बटुलेकी सरस्वती नेपालकी अर्की प्रमुख खेलाडी हुन् । ७५ किलोमा इन्चोन एसियाडकी पुजा रानी बोहरा प्रतिस्पर्धा गर्दै छिन् । यस स्पर्धामा नेपालको तर्फबाट संगीता सुनार प्रतिस्पर्धा गर्दै छिन् ।
बिश्व च्याम्पियनसीपका काश्य पदक विजेता शिब थापा ५६ किलो तौल समुहमा रहेका छन् । यस स्पर्धामा नेपालका दिनेस श्रेष्ठ प्रतिस्पर्धी रहेका छन् । परिपक्व खेलाडी दिनेसका लागि फाइनल प्रबेश गरे शीबसंगको भिडन्तमा पाउनु बाहेक गुमाउनु केही पनि रहने छैन । फाइनल प्रबेश गरे मानसीक बल नै दिनेसको आधार हुन सक्ने छ । दिनेससंग पनि महत्वपूर्ण अन्तराष्ट्रिय खेलको अनुभब छ । ४९ किलोमा मणीपुरकै देवेन्द्रो सिहं सन् २०१४ कमनवेल्थ खेलका रजत पदक विजेता हुन् । उनी लन्डन ओदम्पिकमा क्वार्टरफाइनल प्रबेश गरेका थिए । भारतीय टोलीमा रहेका ३५ बर्षिय मदनलाल अनुभबी मानीन्छन् । उनी प्रतिस्पर्धा गर्ने ५१ केजी तौल समुहमा प्रेम चौधरी प्रतिस्पर्धा गर्दै छन् । प्रेम चौधरी पनि नेपालका राम्रा खेलाडीको कोटीमा रहेका छन् । बिश्व मिलीटरी खेलका रजत पदक विजेता धिरज रंगी पनि साग खेलमा सहभागि छन् । २० बर्षिय धिरज खेल्ने ६० किलो तौल समुहमा दान बहादुर दर्लामी खेल्दै छन् ।
सन् २०१० का कमनवेल्थ खेलकुदका स्वर्ण विजेता तथा लन्डन ओलम्पिकका क्वार्टरफाइनलीस्ट मनोज कुमार ६४ किलो तौल समुहमा प्रतिस्पर्धा गरिरहेका छन् । यसै स्पर्धामा नेपालका दिपक श्रेष्ठ खेल्दै छन् । दिपक पनि नेपाली टोलीका केही आशा गरिने खेलाडी हुन् । सन् २०१४ मा ग्लास्गोमा भएको कमनवेल्थ उपविजेता मन्दिप जांग्रा ६९ किलोमा प्रतिस्पर्धा गर्दै छन् । यस स्पर्धामा नेपालको तर्फबाट विकास लामा प्रतिस्पर्धा गर्दै छन् । नेपालका अर्का प्रतिस्पर्धी दिपेस लामाले ७५ किलोमा प्रतिस्पर्धा गर्ने छन् ।

Comment