सञ्जयको नया कीर्तिमान

sanjaya and hemanta

सिड्नी ,अफ्रीकाको चुचुरोमा छिटो चढेर र युरोपको सवोच्च शिखरमा अर्धनग्न रहेर किर्तिमान बनाउने नेपाली युवा आरोही सन्जय पण्डीतले अस्टेरुलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो चढेर नया किर्तिमान बनाएका छन ।
लामो दुरीका धावकका रुपमा चिनिएका सन्जय पछिल्लो समयमा किर्तिमानी आरोहीका रुपमा स्थापीत हुन पुगेका छन ।
बिश्वको सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एशिया,युरोप,अफ्रीका र अस्टेरुलियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन । अब उनको लक्ष्य अमेरिकाको डेनाली रहेको छ ।
अस्टेरुलियाको उच्च शिखर माउन्ट कोजीयस्कोलाई उल्टो हिडेर छिचोल्ने क्रममा सन्ज्यले ५ घन्टा ४५ मिनेट लगाएका थिए । उनल्े करिब ६ घण्टाको कठिन यात्रा पछि चुचुरोमा चन्द्रसुर्य अंकित झण्डा फरफराएका थिए । उनको यो किर्तिमानी आरोहणमा सिड्नीका सन्चारकर्मी र ब्यवशायिले पनि साथ दिएका थिए ।
नेपालवाटै अस्टेरुलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो हिडेर आरोहण गर्ने घोषणा गर्दा पुरा गर्न सकिन्छकी सकीदैन भन्ने लागेको थियो तर त्यो सम्भव भयो ,सन्जयले सफल आराहेणपछि बताए । राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर ,ढाका टोपीमा उल्टो आरोहण गरेका सन्जयले माउन्ट कोजियस्कोको आधार शिविर थ्रेड्बोवाट चुचुरोसम्मको यात्रा रोमान्चक रहेको बताए । सुल्टो चढ्न खासै कठिन नभएपनि उल्टो चढ्न भने निक्रै कठिन हुने उनको अनुभव छ ।
यो सम्भवत बिश्वकै नया किर्तिमान हुन सक्छ, अजmसम्म कसैले उल्टोवाट यो हिमाल आरोहण गरेको छैन, त्यसैले पनि यसलाई मैले् कर्तिमानका रुपमा लिएको छु ,उनले भने । हामी भिडियो र फोटोसहितको प्रमाण सहित गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि निकट भबिष्यमा पठाउने छु , सन्जयले सुनाए ।
सफल आरोहण पछि सन्जयलाई अस्टेरुलियाको क्यानबेरास्थीत नेपाली राजदुतावासमा राजदुत रुद्र नेपालले बधाइ दिदै खादाले सम्मान गरेका थिए ।
प्रारम्भमा आधार शिविरवाट सिड्नीका नेपाली उद्यमी तथा प्यासेफीक कलेजका प्राचार्य प्रदिप ढकालले राष्ट्रिय झण्डा र कलेजको ब्यानर दिएर सन्जयको किर्तिमानी उल्टो आरोहणको सुभारम्भ गरेका थिए । सन्जयले काउन्ट कोजियस्कोमा प्यासेफीक कलेज लगायत उनलाई सहयोग गर्ने संघसंस्थाको ब्यानर पर्दशन गरेका थिए ।
उनको किर्तिमानी आरोहणदलमा पुराना क्यामरापर्सन शयम्भुराज डंगोलले छायांकन, पवन दाहालले र पारस सुबेदी सम्मीलित रहेका थिए । यसअघि सन्जयले सगरमाथा र मनास्लु लगायतका चर्चित हिमालको सफल आरोहण गरिसकेका छन ।

बिश्वको सर्बोच्च शिखर सगरमाथा दुइ पटक छिचोलेका सन्जयले त्यसपछी भने दिमागमा सेभेन समिट अर्थात सातै
माहादेशका सर्बोच्च शिखर चढने निर्णय लिए । त्यसपछि उनले अफ्रीकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व किर्तिमान कायम गरे । यस पटक उनले अस्टेरुलियाको उच्च शिखर माउन्ट कोजीयस्कोको उल्टो आरोहण गरेर थप किर्तिमान कायम गरेका छन । सन्जयको यो किर्तिमानी अस्टरुेलिया यात्राका संयोजन सन्चारकर्मी हेमन्त काफ्लेले गरेका थिए ।

Comment