क्रेसेन्ट र माया बराबर

क्रेसेन्ट एकेडेमी र तनहुँको माया युनिभर्स एकेडेमीले १९ औं फादर मोरान स्मृति अन्तर विद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा सोमबार बराबरी खेलेका छन् ।
सोमबार भएको एक मात्र खेल गोलरहित बराबरीमा टुंगिएको थियो । मायाका शुभम श्रेष्ठ ‘म्यानअफ द म्याच’ चुनिए । बाँकीका खेलहरु डिसेम्बर १ (सोमबार) देखि मात्र हुने आयोजक सेन्ट जेभियर्स गोदावरी स्कुलका ज्ञान गुरागाईंले जनाएका छन् ।

Comment