नेपालको प्रतिस्पर्धात्मक हार

cricket logo
नेपालले हंककंगसंग सोमबार भएकोे ट्वान्टी २० क्रिेकट खेलमा दुइ विकेटको हार ब्यहोरेकोे छ । नेपालले छाडेको ७३ रनको लक्ष्य हंगकंगले एक बलबाकी रहदा आठ विकेटको क्षतीमा पुरा गर्यो । विजयी टोलीका अइजीज खान र अजीज खानले समान २१ रनको योगदान गरे । नेपालका शक्ति गौचनले चार ओभरमा १० रन खर्चीदै दुइ विकेट लिए । सोमपाल कामीले चार ओभरमा १७ रन खर्चीदै एक तथा अमृत भट्टराइले ३ ओभरमा १२ रन खर्चीदै एक विकेट लिए । सागर पुनले चार ओभरमा ११ रन खर्चीदै दुइ विकेट लिए । पाच बल बलींग गरेका पारसले ३ ओभर खर्चीद्रै एक विकेट लिए ।
यस अघि कोलम्कोबो पिसारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै ७२ रन जोड्यो । नेपालका लागी सोमपाल कामीले ४० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । ३१ बलको सामना गरेका सोमपालले ६ चौका र दुइ छक्का प्रहार गरे ।
नेपाललाई कम योगफलमा सिमित गर्ने क्रममा म्यान अफ द म्याच समेत घोषित अइजज खानले चार ओभरमा ४ रन खर्चीदै दुइ विकेट लिए । तनबर अजफाल, नमिद हकदम र इरफान अहमदले पनि दुइ दुइ विकेट लिए ।

Comment