चौथो एसओएस बगर भाइखलक एट–ए–साइड फुटबल प्रतियोगिता

बगर भाइखलक कास्की, नेपालको आयोजनामा आसन्न  २४ देखि २७ मङ्सिरसम्म चौथो एस.ओ.एस. बगर भाइखलक एट–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ।
४० वर्षभन्दा माथिका खेलाडीको लागि मात्र हुने प्रतियोगितामा विजेता टीमलाई ४४ हजार चार सय ४४ तथा उपविजेता टीमलाई ३३ हजार तीन सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ तथातेजबहादुर गुरुङ सहसंयोजक रहेको  मूल आयोजक समिति तथा  विभिन्न उपसमिति गठन गरिएको छ।
जसअनुसार आर्थिक उपसमितिको संयाजकमा ईश्वर गुरुङ, प्रचार–प्रसार उपसमितिको संयोजकमा मनकाजी गुरुङ, टीम व्यवस्थापन उपसमितिको संयोजकमा चन्द्र (ईश्वर) गुरुङ, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा ओमकार गिरी र सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा नारायण प्रसाद शर्मा     रहेकाछन्।
स्वास्थ्य तथा प्राविधिक उपसमितिको संयोजकमा बाबुराम पौडेल, खेल मैदान मर्मत उपसमितिको संयोजकमा प्रदिप राई, अतिथि सत्कार उपसमितिको संयोजकमा रमेश श्रेष्ठ, पुरस्कार, प्रमाणपत्र, मायाको चिनो उपसमिति संयोजकमा चन्द्र गुरुङ (ईश्वर), स्वयंसेवक, युवा परिचालन उपसमितिको संयोजकमा सन्तोष (धने) गुरुङ, सहसंयोजकमा खगेन्द्र गुरुङ, अन्तर्राष्ट्रिय सम्पर्क उपसमिति  संयोजकमा तेज गुरुङ तथा सहसंयोजकमा जुमप्रसाद गुरुङ रहेका छन्।

Comment