तारा देवीलाई पनि पदक भारोत्तलन बृत्त सन्तुष्ट

तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

गुहावटीमा जारी १२ औ दक्षिण एसियाली खेलकुदको महिला भारोत्तलनमा नेपालकी तारा देवी पुनले काश्य पदक जितेकी छिन् । ७५ किलो माथिको तौल समुहमा प्रतिस्पर्धा गरेकी ताराले काश्य पदक जित्ने क्रममा १६५ किलो भार बहन गरेकी थिइन् । उनले स्न्याचमा ७० तथा क्लीन एन्ड जर्कमा ९५ किलो भार बहन गरिन् । तारा सहित नेपालले भारोत्तलनमा चार पदक जितेको छ । यस अघि विकास थापाले रजत पदक जितेका थिए भने जुनुमाया छन्त्याल र देवी चौधरीले काश्य पदक जितेका थिए ।
यो सफलता सहित नेपाली टोली पूर्ण रुपमा सन्तुष्ट रहेको छ । ढाका सागमा नेपाली भारोत्तलन पदक बिहिन रहेको थियो । टोलीलाई यस पटक सञ्जय मर्हजन, जगदीस प्रधान र सुनील जोशीले प्रशिक्षण दिएका थिए । ब्यबस्थापनको जिम्मेवारी राम श्रेष्ठले सम्हालेका थिए । यी सबै खेलाडीले नेपालगञ्जमा भएको बन्द प्रशिक्षण प्रभावकारी भएको र यसले उपलब्धी दिलाउन सकिएको बताएका छन् । साथै टोली ब्याबस्थापन राम्रो भएको पनि खेलाडीले बताएका छन् ।

Comment