दसलाई ‘बी’ श्रेणीको लाइसेन्स

body building1
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले दस जनालाई ‘बी’ श्रेणीको लाइसेन्स प्रदान गरेको छ । ८ ले राष्ट्रिय तथा १–१ ले क्षेत्रीय र जिल्लास्तरको प्रतियोगिता सञ्चालन गर्ने लाइसेन्स पाएका हुन् ।
राष्ट्रियस्तरको लाइसेन्स पाउनेमा बुद्धिजंग कार्की, हरिश श्रेष्ठ, लक्ष्मण भट्ट, नानीकाजी डंगोल, प्रकाश प्रजापति, प्रशान्त सिंह, रोशन महर्जन तथा श्याम श्रेष्ठ रहेका छन् । त्यस्तै ज्ञानेन्द्र मानन्धरले क्षेत्रीय तथा अनिश अन्सारीले जिल्ला स्तरको लाइसेन्स पाए ।
उनीहरुलाई शारीरिक सुगठन संघका महासचिव दिनेश राजभण्डारी र पूर्व मिस्टर नेपाल शिवलाल श्रेष्ठले लाइसेन्स प्रदान गरे ।

Comment