एलएको जितमा जीवन नायक

लिटिल एन्जल्स (एलए) स्कुलले १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा  आइतबार जित हात पारेको छ ।    एलएले डोल्फिन स्कुललाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल जीवन पण्डितले गरे ।
सेन्ट जेभियर्स गोदावरी स्कुलद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा नेपाल डनबस्को, नेपाल एपीएफ स्कुल र तनहुँको माया युनिभर्स एकेडेमीले सफलता हात पारे ।
डनबस्कोले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४–२ गोलले हरायो । विजेताका प्रज्ज्वल महर्जनले २ तथा अनमोल श्रेष्ठ र चिराग केसीले १–१ गोल गरे । एपीएफले त्रियोगलाई ५–० ले पन्छायो । प्रथम कार्की, विराज लामा, विशाल बडुवाल, विनोद मल्ल र अरुण ठाकुरले गोल गरे । डाफोडिल स्कुल विरुद्धको खेलमा माया युनिभर्स १–० ले विजयी भयो । शुभम श्रेष्ठले निर्णायक गोल गरे ।

Comment