दीपेश र सुदीप मलेसिया जाने

1b
ब्याडमिन्टन खेलाडीद्वय दीपेश धामी र सुदीप सेढाईं एसियन डेभलोप्मेन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन सोमबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछन् ।
यो क्याम्पका लागि दीपेशले आयोजक एसियाली ब्याडमिन्टन संघबाट ३ हजार डलर बराबरको छात्रवृत्ति पाएका छन् । सुदीपलाई भने संघको पहलमा सहभागी गराइएको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । दीपेश यो क्याम्पमा छात्रवृत्ति पाउदै सन् २०१२ देखि निरन्तर सहभागी हुँदै आएका छन् ।
क्याम्पका दौरान हुने प्रतिस्पर्धाबाट छनोट भएको खण्डमा खेलाडीले छात्रवृत्ति पाउने प्रावधान रहेको महासचिव श्रेष्ठले जानकारी गराए । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा सदस्य–सचिव लामाले कुनैपनि खेलको विकास गर्न संघले विद्यालय केन्द्रीत गतिविधिमा ध्यान दिनु पर्नेमा जोड दिए । क्याम्पमा सहभागि धामी कम उमेरमै प्रतिभासाली खेलाडीको रुपमा परिचित छन् । सानै उमेर देखि बाबु हर्कसिह धामीका कारण राम्रो प्रशिक्षणको वातावरण पाएका दिपेस छैटौ राष्ट्रिइ खेलकुदका उपविजेता हुन। सुदुर पश्चिमका धामी पछिल्लो समय नेपाली ब्याडमिन्टनमा भोजपुरका खेलाडीको प्रभुत्व रहदा त्यसलाई चुनौती दिन सक्ने खेलाडीको रुपमा चिनिन्छन् ।

Comment