प्रकास पनि पदकबिहिन

१२ औ साग अन्तरगत भारोत्तेलनको पुरुष ५६ किलो तौल समुहमा नेपालका प्रकास केसी पाचौ स्थानमा सिमित भएका छन् । प्रतियोगितामा भारतका गुरुराजा स्न्याचमा १०४ तथा क्लीन एन्ड जर्कमा १३७ गरी कुल २४१ किलो भार उठाउदै पहिलो भए । यसैगरी, श्रीलंकाका चतुरंगा लक्माल जयसुर्या स्न्याचमा १११ किलो उठाए पनि क्लीन एन्ड जर्कमा १२८ किलो उठाउदै कुल २३९ वजन भार बहन गरेर रजतमा सिमित भए । पाकिस्तानका अब्दुल्ला गल्फर स्न्याचमा ९२ तथा क्लीन एन्ड जर्कमा १२५ सहित कुल २२७ केजी भार बहन गर्दै तेस्रो भए । प्रकासले स्न्याचमा ९० तथा क्लीन एन्ड जर्कमा १०८ गरी कुल १९८ केजी भार उठाए । नेपालकी देवी चौधरी अहिले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

Comment