भारतीय विजया लक्ष्मीलाई पहिलो स्वर्ण लक्ष्मी र पुष्पा पदक बिहिन

भारतकी टि विजया लक्ष्मीले १२ औ दक्षिण एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेकी छिन् । मनिपुरकी साइक्लीङ्ग खेलाडी उनले ३० किलो मिटर टाइमट्रायलमा ४९ मिनेट २४ सेकेन्ड समयमा दुरी पुरा गर्दै पहिलो भएकी हु्न् । सो स्पर्धामा भारतले नै रजत पदक पाएको छ । भारतकी चाओवादेवीले ४९ मिनेट ३१ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् । सो स्पर्धामा नेपालकी लक्ष्मी मगर सातौ स्थानमा रहिन् । उनले १ घन्टा ३ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरिन् । नेपालकी अर्की खेलाडी पुष्पा कुमारी भण्डारीले १ घन्टा ३ मिनेट ३५ सेकेन्डमा दुरी पुरा गरिन् ।

Comment